×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026

शैक्षिक सत्र जेठमा सक्ने निर्णयले विदेश पढ्न जान चाहने विद्यार्थीहरु समस्यामा

७ फाल्गुन २०७७

७ फागुन, काठमाडौं । सरकारले चालु वर्षको शैक्षिक सत्र जेठमा सक्ने निर्णय गरेसँगै विदेश पढ्न जान चाहने विद्यार्थीहरु समस्यामा पर्ने भएका छन् । प्राय नेपाली विद्यार्थी अध्ययन गर्न जाने देशमा अंग्रेजी महिनाको जुन, जुलाई अर्थात चैत, वैशाखमा शैक्षिक सत्र सुरु हुन्छ ।

नेपालमा कोभिड–१९ महामारीका कारण शैक्षिक सत्रको लामो अवधि विद्यालयहरु सञ्चालन हुन नसक्दा जेठ मसान्तमा शैक्षिक सत्र सक्ने मन्त्रालयको निर्णयले विद्यार्थीहरु विदेश जान नपाउने सम्भावना बढेको छ ।

Advertisement
Advertisement

शिक्षक तथा विद्यालयले विद्यार्थीले घरमा सिकेको कुरालाई शिक्षासँग जोड्न सकेको भए यो वर्षको शैक्षिक सत्र पछाडि धकेल्न नपर्ने शिक्षाविद डा. विद्यानाथ कोइराला बताउँछन् ।

शिक्षक तथा विद्यालयको अनविज्ञताले विद्यार्थीहरु विदेश पढ्न जानबाट बञ्चित हुनुपर्ने उनको भनाई छ । चैतमा शैक्षिक सत्र सकिँदा विदेशी मुलुकहरुमा सुरु हुने शैक्षिक सत्रमा सहभागी हुन पाउँथे तर अब जेठमा सक्दा उनीहरु जान नपाउने सम्भावना बढेको उनको तर्क छ ।

टिच फर नेपालका अध्यक्ष शिशिर खनाल यो वर्षको शैक्षिक सत्र पछाडि धकेलिँदा विद्यालयको दृष्टिकोणबाट ठीक भएको बताउँछन् । उनी भन्छन् ‘म अहिले पनि दाङतिर छु । विद्यालयहरुको दृष्टिकोणबाट मन्त्रालयको निर्णय ठिक छ ।’

अहिलेकै अवस्थामा भाइरसविरुद्घको खोप प्रयोगमा ढिलाई हुँदा अधिकांश देशले विदेशी नागरिकलाई आगमन निषेध गर्न सक्ने सम्भावना पनि रहेको उनको भनाइ छ । त्यसकारण अगाडि नै शैक्षिक सत्र सकिँदा पनि जान नपाउने सम्भावना रहेको आशंका व्यक्त गर्छन् ।

शिक्षाविद् डा. विद्यानाथ कोइराला भने शैक्षिक सत्र पछाडि धकेलिनु शिक्षकको कमजोरी रहेको बताउँछन् ‘मैले बारम्बार विद्यार्थीले घरको भान्सामा, बारी, गोठालोमा सिकेको कुरालाई शिक्षासँग जोड्ने हो भने शैक्षिक सत्र चैतमा सकिन्छ भन्दै आएको छु’ उनले भने । टेलिभिजन हेरेर बुझेको कुरा, सिकेको कुराको विषयलाई, गोठालो जाँदा, घाँस काट्दा, खाना पकाउँदा सिकेको कुरालाई शिक्षासँग जोड्नुपर्ने उनको भनाइ छ ।

यसरी दैनिक क्रियाकलाप शिक्षासँग जोड्न सके बालबालिकालाई किताब किन्न नपर्ने उनको जिकिर छ । उदाहरण दिँदै भन्छन् ‘बाख्राको पुच्छर र गाईको पुच्छर फरक हुनुको कारण सोध्न सकिन्छ । त्यसले विद्यार्थीहरुलाई विश्लेषण गर्न, सिर्जना गर्न जान्ने, सञ्चार गर्न जान्ने बनाउन सकिन्छ ।

विद्यार्थीले घरमा सिकेको कुरालाई शिक्षासँग जोड्न प्राविधिक कठिनाइ भएको टिच फर नेपालका अध्यक्ष खनाल बताउँछन् । विविधिता पूर्ण समाज भएकोले विद्यार्थीले भाषिक, सांस्कृतिक समुदाय अनुसार सिक्ने कुरा फरक हुँदा मुल्यांकनमा समस्या हुने उनको भनाइ छ ।

Advertisement

त्यसको लागि शैक्षिक पाठ्क्रम नै संशोधन गर्नुपर्ने उनको जिकिर छ । उनी भन्छन् ‘डोल्पाको विद्यार्थी र काठमाडौंको विद्यार्थीले घरमा सिक्ने कुरा फरक हुन्छ । भाषा, संस्कृति, काम गराई । त्यसलाई कसरी मुल्यांकन गर्ने भन्ने कुरा कठिन छ ।’

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top