प्रदेश २ को प्रदेश प्रमुखमा राजेश झा (अहिराज) नियुक्त

प्रदेश २ को प्रदेश प्रमुखमा राजेश झा (अहिराज) नियुक्त

७ फागुन, काठमाडौँ । प्रदेश २ को प्रदेश प्रमुखमा राजेश झा (अहिराज) नियुक्त भएका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम रौतहटका राजेश झालाई प्रदेश नं. २ को प्रदेश प्रमुखमा नियुक्त गरेकी हुन् । उनी राजेश अहिराजको नामले परिचित छन्।

रौतहटका राजेश मधेश मामिलाका जानकार मानिन्छन् ।

त्रिभुवन विश्वविद्यालयवाट ‘मधेश आन्दोलन र मधेशवादको विकासक्रम’ विषयमा विद्यावारिधी गरेका उनी पत्रकारिता समेत गर्दै आइरहेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.