संक्रमणकालीन न्याय टुङ्ग्याउन सरकार प्रतिबद्ध छ : परराष्ट्र मन्त्री

७ फागुन, काठमाडाैँ ।

परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले महिला तथा बालकालिका माथिको हिंसाका विरुद्ध राज्य, समुदाय, परिवार र नागरिकको सहभागिता जरुरी रहेको बताएका छन् । शुक्रबार ‘नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२१’ विमोचन समारोहमा बोल्दै परराष्ट्र मन्त्री ज्ञवालीले महिला तथा बालबालिका माथिको हिंसा विभन्न रुपमा जारी रहेको भन्दै यसको विरुद्ध राज्यका सबै क्षेत्रको सहभागिता आवश्यक रहेको बताएका हुन्।

परिवार र समाज सचेत नहुने हो भने महिला तथा बालकालिका माथि हुने घट्ना दोहोरिने खतरा हुने उनको भनाई छ । राज्यको अंगहरुमा ३३ प्रतिशत महिला सहभागिता पर्याप्त नभएको उल्लेख गर्दै मन्त्री ज्ञवालीले महिला सहभागितालाई राज्यको अंगहरुमा जनसंख्या आधारमा प्रतिबिम्ब हुनेगरी पु¥याउनुपर्ने जरुरी रहेको पनि बताए।

Advertisement

मन्त्री ज्ञवालीले विस्तृत शान्ति सम्झौताको अक्षर र भावना, अन्तर्राष्ट्रिय प्रतिबद्धताहरु, सर्वोच्च अदालतको फैसला, पीडितको सरोकार लगायतलाई आधार बनाएर संक्रमणकालीन न्याय टुङ्ग्याउन सरकार प्रतिबद्ध रहेको पनि बताए । बेपत्ता पारिएका ब्यक्तिको छानविन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धी ऐनमा समयानुकुल संशोधनका लागि सहमती जुटाउन पनि सरकारले पीडितहरुसँग छलफल गरिरहेको उनको भनाई छ ।

मन्त्री ज्ञवालीले मानव अधिकारलाई पूर्ण कार्यान्वयन गर्ने क्षेत्रमा नेपालले निरन्तर सफलता हासिल गरिरहेको समेत बताए । सरकारका सबै निकायहरुले मानव अधिकारको स्प्रिटलाई ध्यानमा राखेरै काम गरेको उनको भनाई छ ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top