जनता निर्वाचनको पक्षमा छन् र प्रधानमन्त्री संसद पुनस्र्थापना हुँदैन भन्नेमा दुईसय प्रतिशत विश्वस्त हुनुहुन्छः सुवासचन्द्र नेम्वाङ

७ फागुन ७७, शनिबार

८ फागुन, विराटनगर ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाका स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले नेपाली जनताले निर्वाचनका पक्षमा फैसला गरिसकेको बताएका छन् ।

नेता नेम्वाङले जनताले मध्यावधि चुनाव अनुमोदन गरिसकेको दाबी गरेका छन्। शनिबार विराटनगरमा आयोजित ओली समूहको जनसभालाई सम्बोधन गर्दै नेता नेम्वाङले आगामी वैशाख १७ र २७ गतेका लागि तोकिएको चुनावलाई ‘लाखौं लाख जनताले अनुमोदन गरिसकेको’ जिकिर गरे।

Advertisement

‘लाखौं जनताको जनलहरले आगामी वैशाख १७ र २७ को चुनाव अनुमोदन गरिसकेको छ,’ उनले भने,‘नेपालको सन्दर्भमा नेपाली जनता निर्वाचन चाहन्छन्। दुधको दुध पानीको पानी छुट्याउन जनताले फैसला गरिसके। तर, हामी सर्वोच्चको फैसला कुरिरहेका छौं।’

केहीले संसद विघटनलाई असंवैधानिक भनेपनि प्रधानमन्त्री ओलीले संसद विघटन प्रधानमन्त्रीको अधिकार रहेको भनिरहेको नेम्वाङको भनाई छ। केही साथीहरु संसद विघटन संविधान संसदीय मुल्यमान्यता विपरीत भनिरहेका छने,’ नेम्वाङले भने,‘प्रधानमन्त्रीजी संसद विघटन प्रधानमन्त्रीको अधिकार हो भनिरहनुभएको छ।

Advertisement

तर, आफू कानुनको विद्यार्थी भएकाले अदालतमा विचाराधीन मुद्दामा बोल्न नमिल्ने उनको भनाई छ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top