फुटवादीहरूले सरकारमा रहेका केही मन्त्रीहरू आफ्नो पक्षमा आउँदैछन् भनेर भ्रम फैलाएः गृहमन्त्री

७ फागुन ७७, शनिबार

८ फागुन, विराटनगर ।

नेकपा ओली समूहका नेता तथा गृहमन्त्री रामबहादुर थापा (बादल)ले केही मन्त्रीहरु प्रचण्ड–माधव समूहमा फर्कदै छन् भनेर भ्रम फैलाइएको बताएका छन् ।

शनिबार विराटनगरमा भएको सभालाई सम्बोधन गर्ने क्रममा उनले मन्त्रीहरु फर्कने कुरा भ्रमपूर्ण रहेको उल्लेख गर्दै भने, ‘यो उनीहरुको आतंकको र भयको अभिव्यक्ति हो ।’

Advertisement

थापाले देशलाई भित्र र बाहिरको शक्तिले अस्थिरता र प्रतिगमनतिर धकेल्न प्रयास गरेको पनि दाबी गरेका छन्। उनले भने, ‘राष्ट्रिय स्वाधीनताको निम्ति हजारौँ जनता समृद्ध नेपाल सुखी नेपाली स्थापित गर्नका लागि ओली नेतृत्वमा अगाडि बढिरहेको छ।’

देशलाई अस्थिरतातिर धकेल्नेका लागि आफ्नै पङ्तिबाट सुरु गरेको बताए। प्रचण्ड–माधव पक्षलाई लक्षित गर्दै उनले भने, ‘देशलाई अस्थिरतातिर धकेल्न सकिन्छ भनेर सपना देखिएका छन्। उनीहरू त्यसमा खुसी भएर लागेका छन्।’

Advertisement

अहिलेको परिस्थिति निम्तिएपछि फुटवादीहरूप्रति आक्रोशित भएको तर्क गरे। ‘पार्टीको सुदृढीकरणका लागि पार्टी नेतृत्वमा अभियान पनि सुरु गरेका छौँ। देशमा उत्पन्न समस्या समाधान गरेर स्थायित्व निर्माण गर्ने अभियानमा छौँ’ उनले भने, ‘लोकतान्त्रिक विधिबाट देशमा उत्पन्न विवादलाई समाधानको बाटोमा लागिरहेका छौँ।’

जनताको बीचबाट नै कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउन सकिने बताए। ‘यही क्रममा केही व्यक्तिहरू मूलघरमा फर्किदैछन्। फुटवादीहरूले सरकारमा रहेका केही मन्त्रीहरू आफ्नो पक्षमा आउँदैछन् भनेर भ्रम फैलाए’ उनले भने, ‘त्यो आफ्नो भयको अभिव्यक्ति हो।’

उनीहरूले जनताको ताजा जनादेश लिने कुरालाई असंवैधानिक र प्रतिगामी कमदमा संज्ञा दिइरहेका बताए। उनले प्रधानमन्त्री ओलीको कदमलाई अग्रगामी कदम भएको दाबी गरे।

उनले प्रचण्ड–माधव पक्षको कदम कुनै पनि हालतमा पुरा नहुने दाबी गरे। ‘सरकारले द्रुतगतिमा समाजवादको बाटोमा गइराखेको थियो। तर, यी अवसरवादीहरूले सरकारको कामलाई रोके’ उनले भने, ‘संघीयता र जनताको मतलाई कार्यान्वयन गरेको छौँ।’

सुशासनको क्षेत्रमा पनि अहिलेसम्मको धेरै काम गरेको बताए। उनले गुण्डागर्दीको समेत अन्त्य भएको बताए। सरकारले गरेको संसद् विघटन संवैधानिक भएको पनि दाबी गरे।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top