डडेल्धुरामा १० वर्षीया बालिकामाथि करणी गरेको आरोपमा शिक्षक पक्राउ

९ फागुन ७७, सोमबार

१० फागुन, डडेल्धुरा । डडेल्धुरामा बलात्कार आरोपमा एक जना शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Advertisement

गन्यापधुरा गाउँपालिका-४ को भुवनेश्वरी माध्यमिक विद्यालयका ४७ वर्षीय शिक्षकलाई १० वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले आइतबार नियन्त्रणमा लिएको हो ।

विद्यालयले कक्षा २ मा पढ्ने बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीसमक्ष उजुरी दिएको थियो।

Advertisement

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले बालिका र नियन्त्रणमा रहेका शिक्षक दुबैको मेडिकल टेस्टको काम भइहरेको बताए।

मेडिकल रिपोर्टका आधारमा कानुनी प्रक्रिया अघि बढ्ने उनले बताए।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top