×

NEPAL TIMES UPDATES

Playing
लिपुलेक बारे चीन के भन्छ ? सीले ओलीसँग के भनेका थिए ? || Nepal Times
May 23, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
May 23, 2026
Playing
गल्फ खेल्दाखेल्दै अचानक ह्वाइट हाउस फर्किए ट्रम्प, हम लाको तयारी ? || Nepal Times
May 23, 2026
Playing
इरानी एयरस्पेस बन्द, इजरेलभर साइरन, व्हाइट हाउसमा छुट्टी रद्द|| Nepal Times
May 23, 2026
Playing
सम्बन्ध सुधार हुने ठानिएको परराष्ट्रमन्त्रीको दिल्ली भ्रमण स्थगित|| Nepal Times
May 23, 2026
Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026
Playing
जेठ १५ देखि ‘लगेज ट्याग प्रणाली’ लागू|| Nepal Times
May 23, 2026
Playing
बारामा बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु, प्रहरीले ग¥यो उद्धार|| Nepal Times
May 23, 2026
Playing
भारतपछि पाकिस्‍तानमा पनि चल्यो कक्रोच अभियान|| Nepal Times
May 23, 2026
Playing
Top 15 Afternoon News || May-23-2026 || Nepal Times
May 23, 2026

प्रधानमन्त्रीले धन्यवाद दिनुभएको छ, किन दिने राजीनामा: महान्यायाधिवक्ता खरेल

११ फाल्गुन २०७७

११ फागुन, काठमाडौँ । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले आफूले राजीनामा नदिएको प्रष्ट पारेका छन् ।

मंगलबार बिहानैदेखि राजीनामा दिएको हल्ला आएपछि महान्यायाधिवक्ता खरेलले आफूले राजीनामा नदिएको र दिनुपर्ने परिस्थिति पनि नरहेको बताएका हुन् । आफू राजीनामा दिने सोचमा समेत नरहेको उनले बताए ।

Advertisement
Advertisement

उनले भने ‘अहिले महान्यायाधिवक्ताले राजीनामा दिने परिस्थिति पनि होइन, राजीनामा दिएको पनि होइन, राजीनामा दिने सोच पनि छैन ।’

आपूmले प्रेस स्वतन्त्रताको बारेमा सधै अगाडि रहेर आवाज उठाई राखेको तर आफ्नो राजीनामाको बारेमा एकपटक समेत नसोधि समाचार आउँदा दुःख लागेको बताए ।

उनले भने ‘जिम्मेवार प्रेसले कुनैपनि विषयलाई महान्यायाधिवक्ताले राजीनामा गर्नुभएको छ भन्ने जस्तो गम्भिर विषयलाई अगाडि राख्दाखेरी महान्यायाधिवक्तासँग नसोधिकन राखिने कुराप्रति मेरो गम्भिर चासो, सरोकार छ र यस प्रति म दुःख व्यक्त गर्छु ।’

महान्यायाधिवक्ताले राजीनामा ग¥यो भन्ने विषय आउँदा मिडियाले आफूलाई एकपटक पनि नसोधी समाचार सम्प्रेसण गरको उनले बताए । अहिलेको परिस्थितिलाई आफू अनुकुल बनाउन चाहनेहरुबाट यस्तो हल्ला आएको पनि महान्यायधिवक्ता खरेलले बताए । आफूले अदालतमा गरेको बहस प्रति प्रधानमन्त्री सन्तुष्ट रहेको उल्लेख गर्दै मिडियामा आएका विभिन्न हल्ला निराधार रहेको पनि स्पष्ट पारे ।

उनले भने ‘अहिलेको परिस्थितिलाई आफू अनुकुल बनाउने पनि कसैको कोसिस हुनसक्छ । प्रतिकुलतालाई अनुकुलतामा बदल्ने कोसिस पनि हुनसक्छ । सरकारको लडाईलाई कमजोर बनाउने पनि हुनसक्छ । लेखिएको रहेछ कतै प्रधानमन्त्री असन्तुष्ट रहनुभयो महान्यायाधिवक्ता कार्यालय र सरकारी वकिलबाट गरिएको डिफेन्सलाई लिएर । जबकी प्रधानमन्त्रीले मलाई बोलाएरै करिब ६÷७ दिनको बहसको कतिपय पाटापक्षलाई उहाँले सुनेर तपाईहरुले राम्रो गर्नुभएछ भनेर बधाई छ धन्यवाद छ परिणाम आफ्नो ठाउँमा छदैछ तर जे भएपनि तपाईहरुको तर्फबाट गरिने डिफेन्स राम्रो ढंगले भयो । हामी आशा गरेकै परिणाम सकारात्मक हुनसक्छ भन्ने कुरा उहाँले मलाई भन्नुभएको थियो ।’

Advertisement
Advertisement

यही कुरालाई प्रधानमन्त्रीले असन्तुष्टि जायर गरे भन्ने कुरा कतै स्रोत नखुलेको भनेर मिडियामा आएको पाइएको उनले बताए ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top