झापाको शरणार्थी शिविरबाट श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

१० फागुन ७७, मंगलबार

११ फागुन, झापा । झापाको दमक नगरपालिका-३ भुटानी शरणार्थी शिविर सेक्टर डि.४ छाप्रा नम्बर ३९ का ५५ बर्षीय शेरबहादुर राई श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ परेका छन् ।

Advertisement

आज बिहान ५ बजेको समयमा राईले मादक पदार्थ सेवन गरी ४९ बर्षीया श्रीमती बिष्णु माया तामाङ राईलाई कुटपिट गरी घटनास्थलमा नै हत्या गरेको भन्ने सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका-२ बाट राईलाई पक्राउ गरेको हो ।

श्रीमतीको हत्याको आरोपमा पक्राउ परेका राईको सम्बन्धमा थप अनुसन्धान भई रहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top