सेना दिवसमा ‘लिस्तीकोट–दुगुनागढी माउन्टेन ट्रेल रेस’ हुने

१० फागुन ७७, मंगलबार

११ फागुन, काठमाडौं ।

सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–६ बसेरीदेखि भोटेकोशी गाउँपालिका–३ दुगुनागढीसम्म ‘लिस्तीकोट– दुगुना गढी माउन्टेन ट्रेल रेस’ प्रतियोगिता हुने भएको छ । आगामी सेना दिवसका उपलक्ष्यमा गोरखबक्स गणका पहलमा यही फागुन २४ गते सो प्रतियोगिता हुन लागेको हो ।

सोही क्षेत्रका गौरव दुगुनागढीको ऐतिहासिक महत्व एवं लिस्तीकोटको धार्मिक तथा ऐतिहासिक महत्व उजागर गर्न, पर्यटकीयस्थलका रूपमा विकास गर्न र सैनिक नागरिक सम्बन्ध विस्तार गर्ने उद्देश्यले प्रतियोगिता गर्न लागेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

Advertisement

दौड प्रतियोगिता सञ्चालन हुने दिनका लागि प्रत्येक खेलाडीको रु १० लाख बराबरको दुर्घटना बीमा गरिनेछ । कूल २१.२१ किमी दूरीको उक्त प्रतियोगितामा खुल्लातर्फ प्रथम हुुनेलाई रु एक लाख नगद र प्रमाणपत्र प्रदान गरिनेछ । प्रतियोगितमा द्वितीय, तृतीय र चौथो स्थान हासिल गर्ने धावकले क्रमशः रु ६० हजार, रु ४० हजार र रु २० हजार नगद र प्रमाणपत्र प्राप्त गर्नेछन् । महिलातर्फ प्रथम हुनेलाई रु ५० हजार, द्वितीयलाई रु ३० हजार र तृतीय हुनेलाई रु २० हजार प्रदान गरिनेछ ।

उक्त कार्यक्रममा मुख्य आमन्त्रित व्यक्तिका रुपमा अन्तर्राष्ट्रिय धावक बैकुण्ठ मानन्धर र मीरा राई उपस्थित हुनुहुने निर्देशनालयले जनाएको छ । सरकारी कार्यालय, बाह्रबिसे नगरपालिका, भोटेकोशी गाउँपालिका, व्यापार व्यवसायी तथा सङ्घसंस्थासँगको समन्वयमा सेनाले उक्त दौड प्रतियोगिता सञ्चालन गर्न लागेको हो ।

Advertisement

सिन्धुपाल्चोकवासीलाई पनि प्रोत्साहन होस् भनी उक्त प्रतियोगितामा जिल्लाबाट प्रथम, द्वितीय र तृतीय हुने व्यक्तिलाई क्रमशः रु २० हजार, रु १५ हजार र रु १० हजार नगरसहित प्रमाणपत्र प्रदान गरिनेछ । सेनाले शिवरात्रिका दिन सेना दिवस मनाउँदै आएको छ । प्रतियोगितामा करीब २०० धावकको सहभागिता हुने अपेक्षा गरिएको सेनाले जनाएको छ ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top