अब प्रचण्डजी र माधवजी हल बाँधेर प्रधानमन्त्री खोज्न हिंड्नुहुन्छः प्रधानमन्त्री

११ फागुन, काठमाडाैँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद पुनस्र्थापना भए देशमा अस्थिरता आउने कुरा अदालतलाई स्पष्टसँग थाहा भएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूह निकट राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय कमिटीको पूर्ण बैठकलाई मंगलबार काठमाडौमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा पुनस्र्थापना भएमा मुलुकमा अस्थिरता आउने दाबी गरे ।

संसद पुनस्र्थापना भएमा प्रचण्ड र माधव नेपाल हल बाँधेर प्रधानमन्त्री खोज्न हिंडनुपर्ने अवस्था आउने बताए । दक्षिण र उत्तर तिर प्रधानमन्त्री नपाएपछि अन्तिममा आफैसँग प्रधानमन्त्री खोज्न आइपुग्ने पनि बताए । उनले भने ‘पुनस्थापना भयो भने के हुन्छ ? अदालतलाई थाहा छैन ? पुनस्थापना भयो भने यहाँ प्रचण्डजी विचरा, कथमकदाचित मानौं एकैछिन पुनस्थापना भयो के हुन्छ भन्दा प्रचण्डजी र माधव नेपालजी हल बाँधेर प्रधानमन्त्री खोज्न हिंडनुहुन्छ । कहिले उत्तरतिर लाग्नुहुन्छ, कहिले दक्षिणतिर लाग्नुहुन्छ । प्रधानमन्त्री भइदिनुस है त्यति मान्दिनुस न भन्नुहुन्छ । उहाँहरुको चान्स छ ? एक प्रतिशत मात्रै होइन की एक भन्दा तल तल तल कति हुन्छ त्यति पनि छैन । उहाँहरुले लडाईं जित्नुभयो भने प्रधानमन्त्री खोज्दै हिंडनुपर्ने हो । खोज्दै हिंडेर अन्तिममा मै कहा आइपुग्न बेर छैन ।’

Advertisement

प्रधानमन्त्री ओलीले प्रचण्ड माधव समूहले बहुमतको पार्टी फुटाएर आफ्नो प्रधानमन्त्री हटाएर अर्को प्रधानमन्त्री ओज्दै हिंडने खेमा लागेको आरोप लगाए । यस्तो अस्थिरता तर्फ अदालतले जान दिन्छ भनेर आफूलाई विश्वास नरहेको पनि प्रधानमन्त्री ओलीले बताए । उनले भने ‘के को लडाई लडदै हुनुहुन्छ उहाँहरु । बहुमतको पार्टी फुटाउने, आफ्नो प्रधानमन्त्री हटाउने अनि प्रधानमन्त्री खोज्न हिंडने त्यही होइन उहाँहरुको प्रयास । त्यस्तो अस्थिरतातर्फ अदालतले जान दिन्छ होला भनेर म कसरी विश्वास गर्छु ।’

संसदीय व्यवस्था भएका कुनैपनि मुलुकमा बहुमतको प्रधानमन्त्रीले सरकार चलाउन नसकेमा संसद विघटन गर्नुको विकल्प नहुने समेत बताए । उनले भने ‘बहुमतको प्रधानमन्त्रीले चलाउने वातावरण रहेन भने संसद विघटन गर्छ । अर्को विकल्प छैन । किनभने ६४ प्रतिशतको प्रतिनिधित्व मैले गर्छु । ६४ प्रतिशतले सरकार चलाउन्न भनेपछि ३६ प्रतिशतले बहुमत पु¥याउँछ त कहिल्यै ।’ प्रधानमन्त्री ओलीले समयमा चुनाव हुने भन्दै अन्य भ्रममा नपर्न आग्रह समेत गरे ।

Advertisement
Advertisement

भर्खरको समाचार

इन्डोनेसियामा अमेरिकी कालो छाँया, पुनः विरोध प्रदर्शन सुरु

1

के साँच्चै नै हुँदैन त संविधान संशोधन?

Sambidhan

प्रधानमन्त्री र मन्त्रीहरुलाई आफ्नै बोलीले बितायो,बालेन,स्वर्णिमपछि सुनिल

sunil

फिफा विश्वकपःडिशहोममार्फत मोबाइल र टेलिभिजन दुवैमा प्रत्यक्ष प्रसारण हेर्न सकिने

Picture1

ब्राजिलमा २ हेलिकप्टर ठोक्किँदा अमेरिकी गायक ट्रीसहित ६ जनाको मृत्यु

Screenshot 2026-06-15 143753

नेपाल कसरी बन्दैछ खनिजको नयाँ हब? युरेनियमदेखि ग्याससम्मको योजना

fdbe43fd-b262-43e6-9414-b3b7aa0e50c5

स्टाटस लेखिदेऊ भनेका थिए ओलीले,विष्णु पौडेलले रोकेका थिए

kp-oli-sad

आज वाङ यीसँग वार्ता गर्दै परराष्ट्रमन्त्री खनाल, चार एजेन्डा

Screenshot 2026-06-15 131250

अल्टिमा लाइफस्टाइलले नेपालमा आफ्नो पहिलो कराओके स्पिकर ‘अल्टिमा बुमबक्स १३०’ सार्वजनिक गर्दै, असार २ गतेदेखि बिक्री सुरु

ultima

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top