बीउ सूचीकरणमा सहजताबारे अध्ययन गर्न कार्यदल गठन

११ फागुन ७७, बुधबार

बीउबिजनका नयाँ जातहरूको सूचीकरण झन्झटिलो भएको भन्दै निजी क्षेत्रबाट गुनासो आएपछि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले त्यसका बारेमा अध्ययन गर्नका लागि एउटा कार्यदल गठन गरेको छ । नेपालमा तरकारीका नयाँ जातका बीउका लागि कम अनुसन्धान भएको छ र विदेशबाट आउने बीउको सूचीकरण तथा प्रमाणीकरण गर्ने प्रक्रिया लामो तथा झन्झटिलो भएका कारण किसान मर्कामा परेको छ । निजी क्षेत्रले पटक–पटक यो कुरा उठाएपछि मन्त्रालयले सोमबार नेपाल बाली तथा बागबानीका निर्देशक डा. रामबहादुर केसीको संयोजकत्वमा सात सदस्यीय एक कार्यदल गठन गरेकोे छ ।

सो कार्यदलमा सरकार तथा निजी क्षेत्रका प्रतिनिधि रहेका छन् । कार्यदलले अध्ययन गरेर १० दिनभित्र आफ्नो प्रतिवेदन कृषि मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय बीउबिजन समितिमा बुझाउने समितिका प्रमुख केशव देवकोटाले जानकारी दिए । नयाँ जातका बीउहरू बीउबिजन ऐन तथा नियमावलीअनुसार सूचीकरण हुन्छ । ऐन पुरानो भएकाले अहिलेको परिवेशमा काम गर्न गाह्रो भएको समितिका सदस्य सचिव बेनुप्रसाद प्रसाईंले जानकारी दिए ।

हालसम्म बीउबिजनको काम बीउबिजन ऐन २०४५ अनुसार भइरहेको छ । सो ऐन निकै पुरानो भइसकेको छ । अहिलेको परिवेशमा से ऐनअनुसार काम गर्दा बीउबिजनको सूचीकरण गर्नमा समस्या भइरहेको उनले बताए । ऐन संशोधनका लागि प्रतिनिधि सभामा पठाइसकेको छ । त्यसमा छलफल पनि भइसकेको छ तर प्रमाणीकरण हुन बाँकी रहेकाले कार्यान्वयनमा नआएको उनले बताए ।,आजको गोरखापत्र दैनिकमा समाचार छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top