ठगी आरोपमा पक्राउ परेका बस्नेतको रिहाइप्रति आपत्ति

२६ जेठ ७५, आइतबार

काठमाडौँ, जेठ २७
सहकारीपीडित महिला हकहित अधिकार संरक्षण समितिले ओरेन्टल को–अपरेटिभ लिमिटेडका सञ्चालक सुधीर बस्नेतको रिहाइप्रति आपत्ति जनाएको छ ।

Advertisement

सहकारी निक्षेप ठगी आरोपमा विसं २०७३ पुस १३ गते धापासीस्थित घरबाट पक्राउ परेका बस्नेतलाई अदालतले जेल सजाय सुनाएपछि डिल्लीबजार कारागारमासजाय भोगिरहेकामा गत साता धरौटीमा रिहा गरिएको थियो ।

काठमाडौँमा आज आयोजित पत्रकार सम्मेलनमा समितिका अध्यक्ष कुन्तीदेवी पोखरेलले करीब ११ हजारभन्दा बढी निक्षेपकर्ताको रु चार अर्ब बराबरको साँवा तथा ब्याज फिर्ता गर्न नसकेका सञ्चालक बस्नेतलाई गरिएको रिहाइले पीडितको भावनामा चोट पुगेको बताए ।

Advertisement

उनले उक्त कम्पनीको अचल सम्पतिलाई सरकारले लिलाम गरी बचतकर्तालाई वैज्ञानिक ढंगबाट निक्षेप वितरण गर्नुपर्नेमा जोड दिँदै मुलुकमा विधि र कानूनको शासन कायम गर्न बस्नेतको पुनः गिरफ्तारीको माग गरे ।

काठमाडौँ महानगरपालिका–३३ मैतीदेवीमा प्रधान कार्यालय स्थापना गरेको उक्त कम्पनी विसं २०५३ मा दर्ता भई देशको प्रमुख शहरहरुमा १३ वटा शाखा विस्तार गरेको थियो । कम्पनीले वित्तीय अनुशासन अवलम्बन नगरेका कारण आर्थिक असन्तुलन भएर विसं २०६९ देखि संस्था बन्द थियो ।

Advertisement

समितिले गृहमन्त्री रामबहादुर थापालाई गत शुक्रबार भेट गरी सो विषयमा ओरेन्टल पीडितका तर्फबाट ध्यानाकर्षणसमेत गराएको थियो ।
रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top