रसुवागढी जलविद्युत् आयोजनामा उपकरण जडानको काम अझै सुरु भएन

१२ फागुन, रसुवा । रसुवामा निर्माण भइरहेको एक सय ११ मेगावट क्षमताको रसुवागढी जलविद्युत् आयोजनामा उपकरण जडानको काम अझै सुरु हुन सकेको छैन ।

२०७६ चैत ८ गतेदेखि इलेक्ट्रोमेकानिकलको काम रोकिएसँगै उपकरण जडान पनि अघि बढ्न नसकेको हो ।

विश्वव्यापी फैलिएको कोरोना भाइरसका कारण इलेक्ट्रोमेकानिकल निर्माणको जिम्मेवारी पाएको भोइठ हाइड्रो इण्डियाको टोली भारत गएको थियो । आयोजनामा अन्य काम निरन्तर भइरहेको भए पनि इलेक्ट्रोमेकानिकलको काम त्यसयता हुन सकेको छैन ।

Advertisement

निर्माणस्थलमा सामग्री आइसकेको भए पनि जनशक्ति नआउँदा काम अघि बढ्न नसकेको आयोजना प्रमुख छबि गैरेले बताए ।

‘उपकरण जडानका लागि सामग्री आइसकेको छ’, उनले भने, ‘भारत गएका टोली फर्केको खण्डमा काम अघि बढ्छ ।’ उपकरण जडानको काम सुरु हुन सकेमा २०७९ जेठमा विद्युत् उत्पादन गर्न सकिने उनले बताए ।

Advertisement

भोइठ हाइड्रो इण्डियाले ९ जना मात्र साइडमा राखेको र बाँकी जनशक्ति आउने चरणमा रहेको आयोजनाले जनाएको छ । २०७० माघदेखि निर्माण कार्य सुरु भएको आयोजनाको ८० प्रतिशत काम सम्पन्न भइसकेको छ ।

आयोजनामा अहिले सिभिल निर्माणतर्फ बाँधस्थल, सर्ज साफ्ट र पोखरी निर्माण लगायतका काम भइरहेको छ । भूकम्प, नाकाबन्दी, कोरोना महामारी र बाढीपहिरोले गर्दा आयोजनाको काममा ढिलाइ हुन पुगेको हो ।

निर्माणाधीन आयोजनाको कुल लागत १३ अर्ब ६८ करोड ४२ लाख रुपैयाँ रहेको छ ।

आयोजनामा चिलिमे जलविद्युत् कम्पनीको ३३ प्रतिशत, कर्मचारी सञ्चय कोषमा रकम जम्मा गर्ने सञ्चयकर्ताको १९ प्रतिशत, नेपाल विद्युत् प्राधिकरणको १८ प्रतिशत, सर्वसाधारणको १५, रसुवाबासीको १०, संस्थापक शेयरधनी संस्थाका कर्मचारीको ३.५ र ऋणदाता संस्थाका कर्मचारीको एक प्रतिशत लगानी रहनेछ ।

आयोजनाबाट वार्षिक ६१३.८७ गेगावाट विद्युत् उत्पादन हुन्छ । आयोजनाले उत्पादन गर्न थालेपछि दैनिक सँवा करोड आम्दानी हुनेछ । २०७४ साउनमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएकोे थियो ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top