भारत जाने सबै यात्रुले अब पीसीआर परिक्षण रिर्पोट अनलाइनमा अनिवार्य अपलोड गर्नुपर्ने

१२ फागुन, काठमाडौँ । भारत भ्रमणमा जाने सबै यात्रुले अब पीसीआर परिक्षण गरी नेगेटिभ रिजल्ट आएको रिर्पोट अनलाइनमा अपलोड गरी यात्रा गर्नुपर्ने भएको छ ।

Advertisement

अब अनलाइन अपलोड नगरी यसरी यात्रा नगरेमा भने यात्रा अनुमति नपाउने भारतीय हेल्थ तथा फेम्ली वेलफेयर मन्त्रालयले जनाएको छ । नेपालबाट नेपाल एयरलाइन्स र एयर इण्डियाले भारतका लागि उडान गरिरहेका छन् ।

यसअघि पीसीआर रिर्पोट र सेल्फ डिक्लिरेन्स फारम साथमा लगेर गएमा समेत भारतले प्रवेश अनुमति दिने गरेको थियो ।

Advertisement

अब भने यी दुबै फारम अनलाइन अपलोड गर्नुपर्ने नियम बनाइएको छ । अनलाइन एयर सुविधा पोर्टलमा गएर सेल्फ डिक्लिरेन्स फारम अपलोड गर्नुपर्ने भएको छ ।

अर्कोतर्फ कोभिड–१९ को पीसीआर रिर्पोट नेगेटिभ आएको यात्रा गर्नु अगाडिको ७२ घण्टा भित्रको रिर्पोट समेत अनलाइन अपलोड गरेरै यात्रा गर्नुपर्ने नियम भारत सरकारले ल्याएको हो ।

Advertisement

यी दुबै कागजात नयाँ दिल्लीस्थित विमानस्थलको वेवसाइटमा गएर अपलोड गर्न सकिनेछ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top