पशुपतिमा जलहरी नराख्न सर्वोच्चको आदेश

१२ फागुन, काठमाडौं ।

Advertisement

सर्वोच्च अदालतले पशुपतिनाथ मन्दिरमा जलहरी नराख्न सरकारका नाममा अन्तरकालीन अन्तरिम आदेश जारी गरेको छ ।

बुधबार न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले तत्काल पशुपतिनाथ मन्दिरमा जलहरी नराख्न अन्तरकालीन अन्तरिम आदेश जारी गरेको हो ।

Advertisement

पशुपतिमा जलहरी राख्ने निर्णय विरुद्व प्रदेशसभा सांसद नरोत्तम वैद्यले रिट दायर गरेको गरेका थिए । यस विषयमा अन्तरिम आदेश दिने या नदिने विषयमा छलफल गर्न दुवै रिट निवेदक र सरकार दुबै पक्षलाई फागुन १७ गते छलफलमा बोलाएको छ ।

आज विहान साढे ११ बजे राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा पशुपतिनाथ मन्दिरमा जलहरी राखिसकिएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top