दुईजना पत्रकारसहित ७ जनालाई उद्योग संगठन मोरङको विशेष सम्मान

२७ जेठ ७५, आइतबार
Share this
819shares

विराटनगर, जेठ २७

Advertisement

उद्योग संगठन मोरङले दुईजना पत्रकारसहित ७ जनालाई विशेष सम्मान समर्पण गरेको छ । ४६ औं साधारणसभाका अवसर पारेर संगठनले आइतबार आयोजित कार्यक्रममा पत्रकार गणेश लम्साल र नविन कर्णलाई सम्मान गरेको हो ।

लम्साल नयाँ पत्रिका दैनिकसँग आबद्ध छन् भने कर्ण मकालु टेलिभिजनमा कार्यरत छन् । उनीहरूलाई पत्रकारिताको क्षेत्रमा योगदान पु¥याएकाले संगठनले सम्मान गरेको हो । त्यस्तै मोरङ–सुनसरी औद्योगिक क्षेत्रमा सबैभन्दा बढीलाई रोजगारी दिने अरिहन्त जुट उद्योगका सञ्चालक राजकुमार गोल्छा, वरिष्ठ अभिवक्ता विपुलेन्द्र चक्रवर्ती, व्रर्जभूषण चौधरीलाई पनि सम्मान गरियो ।

Advertisement

कार्यक्रममा मरणोपरान्त उद्योग संगठनका संस्थापक अध्यक्ष जुद्धबहादुर श्रेष्ठ र महेन्द्र गोल्छालाई सम्मान गरिएको थियो । श्रेष्ठको सम्मान छोरा विनोदबहादुर श्रेष्ठ र गोल्छाको सम्मान गोल्छाकी धर्मपत्नी राज्यलक्ष्मी गोल्छाले ग्रहण गरिन् ।

उनीहरू सबैलाई कार्यक्रमका प्रमुख अतिथि पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरे ।

Advertisement

त्यस्तै संगठनले मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्य, विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली, राष्ट्रिय अनुसन्धानका एसपी विमल डंगोल, मोरङ व्यापार संघका अध्यक्ष पवनकुमार सारडा, विराट व्यापार संघका अध्यक्ष शिव रिजाल, कृषि विकास अधिकृत राजेन्द्र उप्रेती, जुट विज्ञ डा. मोहनचन्द्र घिमिरेलगायतलाई पनि सम्मान गरेको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top