बैंकहरुले अब लघु, घरेलु तथा मझौला उद्यमहरुका लागि कर्जा दिने

१३ फागुन ७७, शुक्रबार

१३ फागुन, काठमाडाैँ ।

नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल बैंकर्स संघबीच लघु, घरेलु तथा मझौला उद्यमहरुका लागि वित्तीय कर्जा उपलब्ध गराउन सहजिकरण गर्ने सम्बनधमा सम्झौता भएको छ । बिहीबार महासंघको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमका बीच महासंघका अध्यक्ष शेखर गोल्छा र नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार वाणिज्य बैंकहरुले लघु गरेलु तथा मझौला उद्यमहरुको प्रवद्र्धन एवं संरक्षणका लागि वित्तीय कर्जा लगायतको सेवा प्रवाहमा सहजिकरण गर्ने गराउने छन् । यस्तै लघु, घरेलु, साना तथा मझौला उद्यम तथा व्यवसायको क्षेत्रमा हुने सेवालाई प्रभावकारी बनाउन एवं सेवा सहजिकरण गर्न केन्द्रीय तथा प्रादेशिक तहमा संयुक्त कार्यदल गठन गर्ने पनि सम्झौतामा उल्लेख छ ।

Advertisement

उक्त कार्यदलले वित्तीय सेवा प्रवाहको सहजिकरणको निमित्त आवश्यक नीतिगत सुझावहरु तर्जुमा गरी सम्बन्धित निकायमा समन्वय गरी कार्यान्वयनका लागि अनुरोध गर्ने काम गर्नेछ । सो अवसरमा महासंघका अध्यक्ष शेखर गोल्छाले साना उद्यमीहरुका लागि ऐतिहासिक सम्झौता भएको बताए। यसबाट महासंघ ठूला व्यवसायीका लागि मात्रै नभएर साना व्यवसायीका समस्या समाधानमा समेत प्रतिवद्ध छ भन्ने प्रमाणित हुने बताए।

नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले देशभर ४ वटा स्थानीय तह बाहेक सबैमा वाणिज्य बैंकका शाखा पुगिसकेकाले लघु घरेलु तथा साना उद्यमहरुलाई सहजै एसएमई बैंकिङ सेवा दिन कुनै समस्या नहुने बताए ।

वित्तीय साक्षरताका लागि आवश्यकता अनुसार प्रदेश स्तरमा कार्यक्रम गर्ने पनि सम्झौतामा उल्लेख छ । यो सम्झौता दुई वर्षका लागि लागू हुने र आवश्यकता अनुसार थप गर्न अथवा दुई महिनाको सूचना दिएर कुनै एकपक्षले भङ्ग गर्न सकिने व्यवस्था पनि गरिएको छ ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top