×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

न्याय सम्पादनमा असर पर्ने गरी अभिव्यक्ति दिएकाे छैन : पूर्वसभामुख ढुङ्गाना

१३ फाल्गुन २०७७

१३ फागुन, काठमाडौँ ।

अदालतको अवहेलनासम्बन्धी मुद्दामा पूर्वसभामुख दमननाथ ढुङ्गानाले आफूले न्यायसम्पादनमा असर पर्ने नगरी अभिव्यक्ति नदेखिएको बताएका छन् ।

Advertisement
Advertisement

सर्वोच्च अदालतमा आज उपस्थित भएर उनले बुझाएको लिखित जवाफमा प्रतिनिधिसभा विघटनका विषयमा आफूले स्वतन्त्र अभिव्यक्ति दिएको तर अदालतको न्यायसम्पादनमा कुनै पनि दबाब र अवरोध नगरेको उल्लेख छ ।

“सम्मानित न्यायलय राष्ट्रको एकमात्र गैर राजनीतिक, तटस्थ तथा विवेकी सर्वोच्च संस्थाका हैसियतमा आफ्नो विशिष्ट मौलिक पक्ष वा चरित्रका बारेमा पनि सविश्वास खुला शब्दमा दह्रो किसिमले बोलोस् भन्ने यस किसिमको मनासिव उपेक्षा पनि सादर निवेदन गर्दछु ।”

अधिवक्ता राजाराम घिमिरेले प्रतिनिधिसभा विघटनसम्बन्धी विषयमा अदालतको विचारधीन मुद्दामा प्रभाव पार्नेगरी अभिव्यक्ति दिएको उल्लेख गर्दै अदालतको अवहेलनामा ढुङ्गानाविरुद्ध मुद्दा दायर गरेका थिए ।

न्यायाधीश डा मनोजकुमार शर्माको एकल इजलासले गत माघ १५ गते सात दिनभित्र लिखित जवाफसहित आफैँ उपस्थित हुन आदेश जारी गरेको थियो । सो आदेशअनुसार पूर्वसभामुख ढुङ्गानाले सचेत नागरिकका रूपमा आफूले अभिव्यक्ति दिएको र त्यसले अदालतको अवहेलना नहुने हुँदा जवाफ दिँदै मुद्दा खारेज गर्न माग गरेका छन् ।

Advertisement

यसअघि उक्त विवादमा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानन्यायाधीश मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्की स्वयम उपस्थित भएर लिखित जवाफ पेश गरिसक्नुभएको छ । प्रतिनिधिसभा विघटनको विषयको विवाद अन्त्य भइसकेको छ । रासस

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top