×

NEPAL TIMES UPDATES

Playing
नेपालमा बर्ड*फ्लुको जो*खिम, म*रेका कागमा संक्र*मण, उच्च सतर्कता अपनाउनु || Nepal Times
May 20, 2026
Playing
भारतले नेपाललाई दुःख दिन थाल्यो,नेपाली चिया रोक्यो,व्यापारिक कि कुटनीतिक ? || Nepal Times
May 20, 2026
Playing
Xi–Putin वार्तामा के भयो ? विश्वको ध्यान केन्द्रित || Nepal Times
May 20, 2026
Playing
श*वमा पनि सकिदैन इबोला भाइरस ‘टाढाको संकट’ भनेर भूल नगरौँ || Nepal Times
May 19, 2026
Playing
नवनियुक्त प्रधानन्यायाधीश शर्माले लिए शपथ || Nepal Times
May 19, 2026
Playing
संसद्मा अमरेश र विपक्षीको एक स्वर, प्रधानमन्त्रीमाथि धावा बोले|| Nepal Times
May 19, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-05-2083 || Nepal Times
May 19, 2026
Playing
स्विजरल्याण्ड र चीनबाट अर्बाै अनुदान स्वीकृत, कहाँ खर्च हुन्छ ?|| Nepal Times
May 19, 2026
Playing
प्रधानमन्त्री बालेनको एउटा पोष्टले जगाएको आशा || Nepal Times
May 19, 2026
Playing
देउवा दम्पतीलाई पक्राउ नगर्न माग गरिएको रिटमा कारण देखाऊ आदेश|| Nepal Times
May 19, 2026

नेपाल र विश्व बैंकबीच ५ अर्ब बराबरको कार्बन उत्सर्जन कटौती सम्बन्धी खरिद सम्झौता

१४ फाल्गुन २०७७

१४ फागुन, काठमाडौँ । नेपाल सरकार र विश्व बैंकबीच ४५ मिलियन अमेरिकी डलर –करीव ५ अर्ब रुपैयाँ) बराबरको कार्बन उत्सर्जन कटौती सम्बन्धी खरिद सम्झौता –ईआरपीए) भएको छ ।

सम्झौतासँगै विश्व बैंकको वन कार्बन साझेदारी सहयोग (एफसीपीएफ) अभियानमा नेपाल समेत सहभागी भएको छ । यस सम्झौतालाई विश्व बैंकले वन तथा वातावरण संरक्षणका लागि कोशेढुंगा भएको उल्लेख गरेको छ ।

Advertisement
Advertisement

बुधबार भएको सम्झौतामा वन तथा वातावरण मन्त्रालयका सचिव विश्वनाथ ओली र विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि राष्ट्रिय निर्देशक फरिस हदद जोर्भोसले हस्ताक्षर गरेका छन् ।

अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुंगानाका अनुसार उत्सर्जन न्यूनिकरण परिणाममा आधारित यो तहको भुक्तानी नेपालमा पहिलो पटक हुन लागेको हो । सम्झौताअनुसार यो रकम नेपालले सन् २०२५ भित्र प्राप्त गरिसक्ने छ ।

अहिले भएको सम्झौता अनुसार यो अवधिमा नेपालले तराई क्षेत्रबाट करीव ९० लाख टन कार्बडाइअक्साइड कटौती गर्ने अपेक्षा गरिएको छ ।

यस सम्झौतालाई कार्वनडाइअक्साइड बिक्रीका रुपमा पनि लिने गरिन्छ । नेपालमा सामुदायिक वन संरक्षणको तीन दशक अगाडिदेखिको अभ्यासले उत्सर्जन न्यूनीकरण कार्यक्रमको आधार बनेको विश्व बैंकका राष्ट्रिय निर्देशक फरिस हदद जोर्भोसले बताए ।

नेपालमा वनजंगलमा आधारित जलवायु परिवर्तन सम्बन्धी असर कम गर्ने रणनीतिक कार्यक्रम भएको समेत उनले बताए । सम्झौताले समुदायलाई वन तथा वातावरणमा प्रोत्साहित गर्ने समेत उनको भनाइ छ ।

तराई क्षेत्रमा वन फँडानी कम गर्दै वनले ढाकेको क्षेत्रफल बिस्तारमा समेत यो रकम खर्च हुनेछ । तिब्र शहरीकरण, बढ्दो जनसंख्या, औद्योगिक विकास, पूर्वाधार निर्माणजस्ता कारणले तराई भेगमा वन तथा वातावरण संरक्षण चूनौतीपूर्ण बन्दै गएको छ ।

Advertisement
Advertisement

वन क्षेत्रले ओगटेको २० प्रतिशत भुभागमा वन संरक्षणको काममा समेत यो कार्यक्रम आकषिर्त हुनेछ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top