सुख्खा बन्दरगाह भन्सारमा राजश्व वृद्धी

सुख्खा बन्दरगाह भन्सारमा राजश्व वृद्धी

पर्सा, जेठ २७
रेल सेवा पुगेको नेपालको एक मात्र वीरगञ्जको सिर्सिया सुख्खा बन्दगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको दश महिनामा एक्काइस अर्ब भन्दा बढी राजश्व संकलन गरेको छ ।

आर्थिक वर्ष २०७४÷७५ को साउनदेखि वैशाखसम्मको दश महिनामा उक्त कार्यालयले रु २१ अर्ब ५९ करोड एक लाख राजश्व संकलन गर्न सफल भएको हो ।

गत आर्थिक वर्षको साउनदेखि वैशाखसम्ममा रु १७ अर्ब ७३ करोड ३४ लाख राजश्व संकलन गरेकामा चालु आर्थिक वर्षको सोही अवधिमा करिब २२ प्रतिशत राजश्व बढी संकलन भएको कार्याय प्रमुख सूर्य सेढाईंले जानकारी दिए।

उनले गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा रु तीन अर्ब ८६ करोड ६ लाख बढी राजश्व संकलन भएको बताए । भारतको कलकत्ता तथा विशाखापटन बन्दरगाहबाट नेपालका लागि मालसमान आयात बढेकाले भएकाले राजश्व पनि वृद्धी भएको हो ।

गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको दश महिनामा करिब १० प्रतिशत बढी मालवस्तु आयात भएको सुख्खा भन्दरगाह सञ्चालनको जिम्मा लिएको हिमालयन ट्रमिनलसका प्रबन्धक विष्णुकान्त चौधरीले जानकारी दिए ।
रासस

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.