भूमिहीनका पक्षमा काम गर्न अध्यक्ष ज्ञवालीको आग्रह

१४ फागुन ७७, शनिबार

१५ फागुन, नुवाकोट ।

भूमिसम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देवीप्रसाद ज्ञवालीले जिल्ला समितिका पदाधिकारी र स्थानीय तहलाई जग्गाविहीनका पक्षमा निष्पक्षरुपमा काम गर्न आग्रह गरेका छन् ।

आयोगको जिल्ला समितिको कार्यालय शुक्रबार उद्घाटन गर्दै अध्यक्ष ज्ञवालीले वास्तविक भूमिहीनको पहिचान गरी काम गरेर पुण्य कमाउन आग्रह गरेका हुन् ।

Advertisement

उनले जग्गासम्बन्धी धेरै समस्या रहेकोले काम गर्न त्यति सहज नभए पनि अहिले कानुन, नियमावली र कार्यविधि बनाएर सरकारले आयोग स्थापना गरेकोले निर्धक्क भएर काम गर्नुपर्ने बताए।

उनले जिल्लामा स्थानीय प्रशासन, नापी कार्यालय, मालपोत कार्यालय, वन कार्यालय, स्थानीय तहसँग सहकार्य गरेर वास्तविक भूमिहीन तथा भूमि भएर भूमिहीन भएकाको विवरण सङ्कलन गरी पुर्जा वितरणको वातावरण बनाउन आग्रह गरे ।

Advertisement

जिल्ला समितिका अध्यक्ष बिन्दा ढुङ्गानाले जिल्लाका १२ वटा स्थानीय तहमध्ये १० वटासँग सम्झौता भइसकेको जानकारी दिए।रासस

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top