विराटनगरबाट मानिस बन्धक बनाई फिरौती माग्ने ३ जना पक्राउ

विराटनगरबाट मानिस बन्धक बनाई फिरौती माग्ने ३ जना पक्राउ

१६ फागुन, मोरङ । मोरङको विराटनगर महानगरपालिका–१८ का २३ बर्षीय सुभाष कामतलाई बन्धक बनाई परिवारसंग १० लाख फिरौति रकम माग गर्ने ३ जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा बिराटनगर महानगरपालिका–२० का २० बर्षीय रोहित मण्डल, बिराटनगर–१६ का अजय यादव र बिराटनगर–६ की २८ बर्षीया सन्ध्या शर्मा रहेका छन् ।

निजहरुले शनिवार दिउँसो देखि कामतलाई बन्धक बनाएको र फिरौति बापत परिवारसंग १० लाख रकम माग गरेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले सूचना पाएको २ घण्टा भित्रै कामतलाई बिराटनगर–६ बाट सकुशल उद्धार गरेको हो ।

मानिस बन्धक बनाएको आरोपमा पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.