×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

स्मार्ट सिटीको काम कहाँ पुग्यो ? के भन्छन् शहरी विकास मन्त्री ?

१७ फाल्गुन २०७७

१७ फागुन, काठमाडौँ । शहरी विकास मन्त्री प्रभु साहले काठमाडौं र काठमाडौं बाहिरका स्मार्ट सिटीहरुलाई समानान्तर ढंगले अगाडी बढाइरहेको बताएका छन् ।

सोमबार शहरी विकास मन्त्रालयमा काठमाडौंमा बन्दै गरेका तीन स्मार्ट सिटीको बारेमा जानकारी दिन आयोजित छलफल कार्यक्रममा बोल्दै मन्त्री साहले काठमाडौंमा बन्ने ४ स्मार्ट सिटीमध्ये ३ वटा स्मार्ट सिटीको काम अगाडी बढेको भन्दै काठमाडौं बाहिरका स्मार्ट सिटीहरुलाई पनि सँगै लान खोजिएको बताएका हुन् ।

Advertisement
Advertisement

काठमाडौं भित्र र काठमाडौं बाहिरका स्मार्ट सिटीलाई समानान्तर ढंगले अगाडी बढाइरहेको उनको भनाई छ ।

उनले भने – ‘काठमाडौंमा ४ वटा स्मार्ट सिटी प्रस्तावित गरेका छौँ । जसमा ३ वटा त अगाडी नै बढीसकेको हामि हेरिरहेका छौँ । काठमाडौं बाहिरका पनि स्मार्ट सिटीहरुलाई हामी सँगै लान खोजिरहेका छौँ । काठमाडौं भित्रका स्मार्ट सिटी र काठमाडौं बाहिरका स्मार्ट सिटी दुईवटैलाई हामि समानान्तर ढंगले नै अगाडी बढाइरहेका छौँ । भन्नलाई मात्रै स्मार्ट सिटी होइन, देख्नलाई पनि स्मार्ट सिटी । भन्नलाई त हामि सबै चुनावको बेला भन्यौ स्थानिय तहदेखी लिएर सबै तहमा हामी स्मार्ट सिटी बनाउँदैछौ भन्ने चर्चा व्यापक भइरहेकै खण्डमा अब यो चर्चाको विषय हुनुहुदैन । हेर्ने विषय र व्यवहारतः हामि लागु गर्ने विषय बनाउनुपर्छ भन्ने दिशामा मन्त्रालय अगाडी बढेको छ । बाहिरको पनि दशवटा स्मार्ट सिटीको काम अगाडी बढाइरहेका छौँ । र काठमाडौंमा व्यहारतः ३ वटा शहरको काम अगाडी बढेको छ ।’

मन्त्री साहले काठमाडौँ उपत्यका देशको मुटु भएकाले यहाँको बसोबास र भौतिक पूर्वाधारको स्तर देशको मान र सम्मानसँग जोडिने भएकाले नेपाललाई विश्वमा प्रतिस्पर्धा गर्न सकिन्छ सकिन्न र हाम्रा सिटीहरु कुन स्थानमा रहन्छन् भन्नेतर्फ मन्त्रालयले सोचेको पनि बताए ।

काठमाडौंको भद्रगोल शहरीकरणलाई योजनाबद्ध, व्यवस्थित शहरीकरणको सचेत प्रयासका रुपमा स्मार्ट सिटी निर्माण कार्य गरिदै गरेको उनको भनाई छ ।

उनले भने – ‘काठमाडौं नेपालको मुटु हो र यहाँको बसोबास, यहाँको भौतिक पूर्वाधारको स्तरले हाम्रो देशको सम्मान र मानसँग जोडिएको छ । त्यसैले अब हुने नयाँ प्लानिङहरु त्यो उचाइलाई छुन्छ कि छुदैँन, जुन ढंगले विश्वको कम्पिटिशन छ र हाम्रा नेपालीहरु विकसित देशतिर अग्रसर छ । विकसित देशतिर अग्रसर भइरहेको खण्डमा हामि नेपाललाई त्यो उचाइ दिन प्रेरित गरिरहेका छौँ । त्यो लेभलमा उठाउन अहिले अगाडी सारिएको प्रोजेक्ट त्यो उचाइमा छुन्छ कि छुदैन । विश्वको जो प्रतिस्पर्धा छ त्यसमा हाम्रा सिटीहरुले कुन स्थानमा रहन्छ त हाम्रा सिटीका व्यवस्थापन ? त्यो हाइटबाट सोचिरहेका छौँ । काठमाडौंमा आफ्नै ढंगले शहरीकरण भइरहेको छ । त्यो भद्रगोल शहरीकरणलाई एउटा योजनावद्ध, व्यवस्थित शहरीकरणको सचेत प्रयासका रुपमा यसलाई बुझ्न जरुरी छ ।’

उनले स्मार्ट सिटी बनाउने काम छिटो गर्नुपर्ने र छिटो बनाउने नाममा कानुन विपरित गर्नु नहुनेमा जोड दिए । स्मार्ट सिटी आम देशबासीको सम्मानसँग जोडिएको महत्वांकाक्षी योजना भएको भन्दै यसलाई सबैको सरोकार जोड्ने गरी अगाडी बढाउने पनि मन्त्री साहले बताए ।

Advertisement

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top