×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

देशभरका कुखुरामा रानिखेत रोगको प्रकोप, के हो रानिखेत रोग ?

२० फाल्गुन २०७७

२० फागुन, काठमाडौँ । देशैभरका कुखुरामा यति बेला रानिखेत रोगको प्रकोप बढिरहेको छ । रोगले कुखुरापालक किसानलाई हालसम्म केकति क्षति भयो भन्ने बारेमा यकिन तथ्यांक भने आउन सकेको छैन ।

काठमाडौंको तारकेश्वर नगरपालिकामा किसानले पालेका हाँस र टर्कीमा बर्ड फ्लू रोगको संक्रमण पुष्टि भएपछि पशुसेवा विभागले देशैभरि व्यापक रूपमा गरेको नमूना परीक्षणका क्रममा रानिखेत रोगको संक्रमण देखिएको हो ।

Advertisement
Advertisement

आफ्ना मातहतका पाँचओटै प्रयोगशालामार्फत गरेको नमूना परीक्षणमा रानिखेत रोगको संक्रमण अन्य रोगभन्दा बढी देखिएको विभागका सूचना अधिकारी डा. चन्द्र ढकालले आर्थिक अभियान दैनिकलाई बताए ।

उनका अनुसार संक्रमण यसरी व्यापक रूपमा फैलनुका कारण यकिन भइसकेको छैन । ‘यो हाम्रो प्रकृतिमा एक स्थापित रोगजस्तै हो, यो वर्षैभरि रहिरहन्छ । तर, अहिले जसरी व्यापक रूपमा संक्रमण देखिएको छ यो भने असामान्य तरीकाले देखिएको छ,’ उनले भने ।

यो भाइरसका माध्यमबाट सर्ने रोग भएकाले किसानले कुखुरामा रोग देखिनुअगावै भ्याक्सिन लगाएमा रोग आफै नियन्त्रण हुन्छ । तर, कतिपय स्थानमा भ्याक्सिन लगाएका कुखुरामा समेत रोग पुष्टि भएकाले भाइरसको क्षमता परिवर्तन भएको अथवा भाइरसले भ्याक्सिनलाई जितेको हुन सक्ने अनुमान पशुसेवा विभागकोे रहेको छ । विभागले देशैभरका विभिन्न स्थानमा रानिखेतले व्यापक रूप लिएको बताएको छ ।

के हो रानिखेत रोग ?
रानिखेत रोग पारामेक्सो प्रजातिको भाइरसका कारण कुखुरामा लाग्ने सरुवा रोग हो । दक्षिण एशियामा यो रोग सर्वप्रथम भारतको उत्तराञ्चलस्थित रानिखेत भन्ने स्थानमा देखिएकाले यसको नामकरण पनि रानिखेत हुन गएको हो ।

विज्ञहरूका अनुसार यो रोग संक्रमित दाना, पानी, चराचुरुङ्गी र हावा पानीको माध्यमबाट फैलिने गर्छ ।

Advertisement

यसले कुखुराको श्वासप्रश्वास र स्नायु प्रणालीमा असर गर्छ, जसले गर्दा कुखुरालाई सास फेर्न समस्या हुने र चुच्चो र नाकबाट पानीजस्तो बाक्लो पदार्थ निस्कने भएकाले कुखुरामा टाउको झट्काउने, घाँटी तान्ने, फनफनी घुम्ने, खुट्टाको पक्षघात हुने, घाँटी बटार्ने, फुल पार्न कम हुनेलगायत लक्षण देखिन सक्छ । यो समाचार आजको आर्थिक अभियान दैनिकमा प्रशान्त खड्काले लेखेका छन् ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top