×

NEPAL TIMES UPDATES

Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026

मेयरकप क्रिकेट प्रतियोगिता सुरु

२२ फाल्गुन २०७७

२२ फागुन, काठमाडौं । एपिएफ क्लबले मेयर कप एक दिवसीय पुरुष क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।

दुई बल बाँकी रहदा त्रिभुवन आर्मी क्लबले दिएको २ सय ३६ रनको मध्यम लक्ष्यलाई पूरा एपिएफले जीतमा बदलेको थियो । अर्को खेलमा बागमती प्रदेश विभागीय टोली नेपाल पुलिससँग २ रनले पराजित भएको छ । कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा भएको खेलमा एपिएफले ९ विकेट गुमाएर आर्मीले प्रस्तुत गरेको लक्ष्य भेटाउँदै प्रतियोगितामा विजयी सुरुआत गरेको हो । पहिलो पटक आयोजना भएको प्रतियोगितामा एपिएफलाई जिताउनका लागि सुमित महर्जनले ६० रनको अर्धशतकीय इनिङ्स महत्वपूर्ण रह्यो । सुमित ७८ बलमा ८ चौका प्रहार गर्दै ६० रन जोड्दा सुमितले बसन्त रेग्मीसँग ७१ रनको साझेदारी गर्दै एपिएफको इनिङ उकासेका थिए । बसन्त अर्धशतक बनाउनबाट एक रनले चुके । ४९ रनमा बसन्त करण केसीको बलमा भिम सार्कीको हातबाट क्याच आउट हुँदा बसन्तले ७९ बलमा ३ चौका र एक छक्का प्रहार गर्दै ४९ रन जोड्न सफल भएका थिए । त्यस्तै शंकर रानाले ३३ रनको योगदान दिए । उनले ४३ बलमा तीन चौका र एक छक्काको मद्दतमा ३३ रन बनाए ।

Advertisement
Advertisement

एपीएफको १६ रन हुँदा चार विकेट गुमाएको अवस्थामा मैदान प्रवेश गरेका सुमितसँग शंकरले ५२ रनको साझेदारी गरेका थिए । अमर रौटेलाले ३८ रनको योगदान दिए । आसिफ शेखले १२ र भुवन कार्कीले १० रनको योगदान गर्दा कमल ऐरी ४ र अभिनास बोहरा ७ रनमा जोड्दै जित दिलाएका थिए । आर्मीका बिक्रम सोबले तीन विकेट लिए । त्यस्तै करण केसीले दुई तथा सोमपाल कामी, शाहब आलम र लोकेश बमले १/१ विकेट लिए । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले ५० ओभरमा अलआउट हुँदै २ सय ३५ रन बनाएको थियो । आर्मीका लागि रोहित पौडेलले ५६ रनको अर्धशतकीय इनिङ्स खेले । रोहितले ७८ बलमा ३ चौका प्रहार गरे । कप्तान विनोद भण्डारीले ४२ रन बनाएर पवेलियन फर्किदा लोकेश बमले ३० रन, सोमपाल कामीले २८ रन बनाए । भिम सार्कीले १८ र राजेश पुलामीले १७ रन बनाए । कुशल मल्लले ११, बिक्रम सोब ४, करण केसी २ र सुशन भारी सुन्य रनमा आउट भए । एपीएफका लागि अविनास बोहोराले ३ विकेट लिए । यस्तै अमर रौटेला र भुवन कार्कीले २/२ विकेट लिए । बसन्त रेग्मी र कमल ऐरीको नाममा १÷१ विकेट रह्यो । यस जितसँगै एपीएफले गत महिना प्रधानमन्त्री कपमा आर्मीसँग व्यहोरेको हारको बदला लिएको हो । पीएम कपको फाइनलमा आर्मीले एपीएफलाई ३३ रनले हराएको थियो । जितसँगै एपीएफले पहिलो खेलमा २ अंक जोडेको छ । आर्मीले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।

प्रतियोगिता अन्तर्गत शनिबार मूलपानी क्रिकेट मैदानमा भएको अर्को खेलमा नेपाल पुलिसले राष्ट्रिय टोलीका कप्तान रहेको बागमती प्रदेशलाई २ रनले स्तब्ध बनाएको छ । ३८ ओभरमा छोट्याइएको खेलमा पुलिसले पहिलो ब्याटिङ गर्दै दिएको ७३ रनको झिनो बागमतीले पुरा गर्न नसक्दा पुलिसले रोमाञ्चक जित निकालेको हो । बागमती २७ ओभर २ बलमा अलआउट हुँदै ७० रनमा समेटिन पुगेको थियो । बागमतीले ४३ रन जोड्दा मात्र २ विकेट गुमाएको थियो । तर, थप २७ रन जोड्दा बागमतीले ८ विकेट गुमाएपछि पुलिसले सनसनीपूर्ण जित निकालेको हो । बागमतीका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक २२ रन बनाए । आदील खानले १० रन जोड्दा पृथु बास्कोटा ९ रनमा आउट भएका थिए । इशान पाण्डेले ७, आकाश थापाले ४ रन बनाए । विपिन आचार्य ८ रनमा आउट हुँदा अरियो पौडेल १ रनमा अविजित रहे । पारस खड्का, सोनु देवकोटा,नन्दन यादव र राम नरेश गिरि शून्यमा पवेलियन फर्किएका थिए । बागमती प्रदेशको इनिङलाई सस्तैमा समेट्न दिपेन्द्र सिंह ऐरील सर्वाधिका ४ विकेट हात पार्दा ललित राजवंशीले ३ तथा सागर ढकालले २ विकेट लिए । राशिद खानले १ विकेट लिए । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले २५ ओभर २ बलमा अलआउट हुँदै ७२ रन बनाएको थियो । पुलिसका लागि कप्तान मन्जित श्रेष्ठले सर्वाधिक १५ रन बनाउँदा सुनिल धमला, अनिल शाह र दिलिप नाथले समान १०÷१० रनमा समेटिएका थिए । पुलिसलाई सस्तैमा समेट्न बागमतीका अरियो पौडेलले ४ विकेट लिए । नन्दन यादवले ३ तथा सोनु देवकोटाले १ विकेट लिए । जितसँगै पुलिसले पहिलो खेलमा २ अंक जोडेको छ । बागमती प्रदेशले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।

Advertisement

५ टिमले प्रतिस्पर्धा गरिरहेको प्रतियोगिता राउण्ड रोबिनको आधारमा हुँदै छ र शीर्ष दुई टोली उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

भर्खरको समाचार

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

सम्बन्धित खबरहरु

Scroll to Top