सत्ता खेलमा अल्झिँदै सांसद्

सत्ता खेलमा अल्झिँदै सांसद्

२३ फागुन, काठमाडौँ । नेकपाभित्रको विवाद छिनोफानो नहुँदै पुनःस्थापित प्रतिनिधिसभा अधिवेशन आइतबार सुरु हुँदै छ ।

प्रतिनिधिसभा विघटनको निर्णय सर्वोच्च अदालतले खारेज गरेपछि सरकारको सिफारिसमा राष्ट्रपतिले हालै अधिवेशन आह्वान गरेकी हुन् । दिउँसो ४ बजे प्रतिनिधिसभाको सातौँ बैठक बस्ने तय भएको छ ।

झण्डै दुई तिहाइ जनमतसहित सरकारको नेतृत्व गरिरहेको नेकपाको कानुनी विभाजन नहुँदा सांसदका गतिविधि पनि प्रभावित बन्ने देखिएको छ । यो बेला संसदीय दलबाट दुवै पक्ष आफूसँग बहुमत रहेको देखाउन जोडबलसाथ लागिपरेका छन् ।

नेकपा प्रतिनिधिसभा र राष्ट्रियसभाका गरी २२३ सांसद छन् । प्रतिनिधिसभामा सांसद सानु शिवाको निधनपछि सभामुखलाई छाडेर १७२ र राष्ट्रियसभामा अध्यक्ष र उपाध्यक्षबाहेक ४८ गरी कुल २२० सांसद छन् ।

तर, अचम्म यो छ कि शुक्रबार दाहाल–नेपाल पक्ष र शनिबार ओली पक्ष दुवैले आफ्नो पक्षमा ११५ जना सांसद सहभागी भएको दाबी गरेका छन् ।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.