प्रचण्ड-माधव समूहद्वारा संसद बैठक बहिष्कार

२३ फागुन ७७, आइतबार
Share this
742shares

२३ फागुन, काठमाडौँ । आजबाट प्रतिनिधिसभाको हिउँदे अधिवेशन सुरु भएको छ ।

Advertisement

सर्वोच्च अदालतले केपी शर्मा ओली र पुष्पकमल दाहाल नेतृत्वको पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी नेकपा खारेज गर्ने निर्णयले संसद् बैठक ४ बजे बोलाइएकोमा ५ः१० बजे सुरु भएको हो ।

प्रतिनिधिसभा बैठकमा सहभागी नेकपा प्रचण्ड माधव समूहले भने बैठक सुरु भएको केही क्षणमै बैठक बहिस्कार गरेका छन् । आइतबारको प्रतिनिधिसभाको बैठकमा सरकारले संसद नभएका बेला ल्याएका अध्यादेशहरु पेश गर्ने कार्यसूची राखेको विरोधमा उनीहरुले संसद बैठक बहिस्कार गरेका हुन् । अहिले संसद बैठक सकिएको छ ।

Advertisement

बैठकको सुरुमा नै प्रचण्ड माधव समूहका सांसद भीम रावलले प्रतिनिधिसभामा शोक प्रस्ताव पारित गर्ने दिन कार्यसूचीमा अन्य विषय नराखिने प्रचलन भएको भन्दै अध्यादेश पेश गर्ने कार्यसूची राखेकामा विरोध जनाएका थिए ।

तर सभामुख अग्निप्रसाद सापकोटाले सरकारले ल्याएका अध्यादेश संसद बैठक सुरु भएकै दिन पेश गर्नुपर्ने कानुनी बाध्यता रहेकाले अध्यादेशलाई कार्यसूचीमा राखिएको प्रष्टिकरण दिए । तर भीम रावलले आफूहरुको विरोध रहेको बताएका थिए । सभामुख सापकोटाले विरोध रहे पनि संसद बैठक अघि बढाउने बताएपछि प्रचण्ड माधव समूहले बैठक बहिस्कार गरेर हलबाट बाहिरिएका हुन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top