तीन पटकसम्म उपस्थित नभए माधवकुमार नेपाललाई निस्काशन गर्ने खिमलालको चेतावनी

२४ फागुन ७७, सोमबार
Share this
746shares

२४ फागुन, काठमाडौँ ।
नेकपा एमाले (केपी शर्मा ओली नेतृत्व)का नेता खिमलाल भट्टराईले आफ्नो पार्टीको केन्द्रीय कमिटी बैठकमा तीन पटकसम्म उपस्थित नभए माधवकुमार नेपाललगायत सांसदलाई निस्काशन गर्ने चेतावनी दिएका छन्।

Advertisement

उनले प्रचण्ड–माधवसमूहमा लागेका नेता नेपाल लगायत सबैलाई पार्टी कार्यालयले बैठकबारे सूचित गर्ने र उनीहरु आएमा साविककै नेताको हैसियत पाउने नआए कारवाहीमा पर्ने बताए।

उनले भने,‘ हाम्रो विधानले जे व्यवस्था गरेको छ। त्यही अनुसार हामी अघि बढ्नु पर्ने हुन्छ। केन्द्रीय कमिटीका तीन वटा बैठकमा निरन्तर अनुपस्थित भएमा कारवाहीमा पर्नुहुन्छ।’

Advertisement

उनले नेकपा एमालेको केन्द्रीय कमिटी बैठक छिट्टै नै बस्ने जानकारी समेत गराए। उनले कानुनी र राजनीतिक प्रश्न खडा भएकोले संवाद र सहमतिको सम्भावना न्यून रहेको बताए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top