×

NEPAL TIMES UPDATES

Playing
ट्रम्प–पुटिन–नेतन्याहु विश्वकै सबैभन्दा ’ठूला पीडक’ || Nepal Times
Apr 21, 2026
Playing
रविलाई आएकै दिन भेटेका कपुरले बालेनलाई जाने बेलामा भेट्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
दुई मुद्दामा सरकारको बोली एक, वास्तविकता अनेक || Nepal Times
Apr 21, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 21, 2026
Playing
के हो रास्वपाको अमेरिकी कनेक्सन ? || Nepal Times
Apr 21, 2026
Playing
६१ केन्द्रीय सदस्य देउवा पक्षलाई दिने भएपछि फुटबाट जोगियो कांग्रेस || Nepal Times
Apr 21, 2026
Playing
रविको अभियोग संशोधनविरूद्धको रिटको पेसी वैशाख १० गते || Nepal Times
Apr 21, 2026
Playing
इरान युद्धमा चीनको एन्ट्रीः अमेरिकाले जफत गरेको जहाजले खोल्यो रहस्य || Nepal Times
Apr 21, 2026
Playing
World News: Cubaसंग Americaको वार्ता, Iranसंग के होला ? Japanले छाड्यो शान्तिको बाटो || Nepal Times
Apr 21, 2026
Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026

पाँच युवाको लगानीमा उद्योग सञ्चालन

२५ फाल्गुन २०७७

२५ फागुन, खोटाङ ।
खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरीका पाँच युवाले काष्ठ उद्योग तथा नेपाली कागज उद्योग स्थापना गरेका छन् ।

उद्योग स्थापना गरेर आफ्नै ठाउँमा स्वरोजगार बन्ने लक्ष्यका साथ स्थानीय कप्दान राई, रामकुमार कार्की, नइन्द्र कार्की, दुर्गाबहादुर राई र रविनकुमार राईले दशमी काष्ठ उद्योग र विश्वज्योति नेपाली कागज उद्योग स्थापना गरेका हुन् ।

Advertisement
Advertisement

पाँच जनाको रु पाँच÷पाँच लाखको शेयर लगानीमा विसं २०७६ मा स्थापना गरिएको उद्योगबाट अहिले फर्निचरका सामग्री उत्पादन एवं बिक्री वितरण भइरहेको छ । नेपाली कागज उत्पादनको काम भने अन्तिम चरणमा पुगेको लगानीकर्तामध्येका रविनकुमार राईले बताएका छन् ।

स्थानीय वन÷जङ्गलमा भएका कच्चा सामग्रीलाई उपयोग गर्दै आम्दानीको स्रोत बनाउने र गाउँमै ‘केही गर्न सकिन्छ’ भन्ने उदाहरण देखाएर युवालाई वैदेशिक रोजगारमा जानबाट रोक्न सामूहिक लगानीमा उद्योग स्थापना गरिएको जनाइएको छ ।

काष्ठ उद्योगबाट हाल कुर्सी, टेबल, दराज, सोफालगायतका फर्निचरका सामग्री उत्पादन तथा बिक्री वितरण भइरहेको जनाइएको छ । विशेषगरी अर्डर आएअनुसारको फर्निचरका सामग्री तयार पार्ने गरिएको उद्योगका सञ्चालकले बताएका छन् ।

नेपाली कागज उद्योगबाट हाते तथा कम्प्युटरमा प्रयोग हुने फोटोकपी पेपर उत्पादनको तयारी गरिएको छ । नेपाली कागज उत्पादन गर्न अहिले अर्घेली, सेतबरुवा, सिक्रे र पात्लेवहीको बोक्रा सङ्कलनको काम भइरहेको जनाइएको छ ।

लगानीकर्तामध्ये रामकुमार कार्कीका बुबा कृष्णबहादुर कार्कीले विसं २०३४ मा स्थापना गरेकै कागज उद्योगलाई सामूहिकरूपमा सञ्चालनमा ल्याइएको हो ।

उद्योग सञ्चालकले काष्ठ तथा नेपाली कागज उत्पादनसँगै कुटानी पिसानी मिल पनि सञ्चालन गरेका छन् । माछा र हाँसपालनका लागि उद्योग नजिकै तीनवटा पोखरीसमेत निर्माण गरिएको रामकुमार कार्कीले जानकारी दिए ।

“पोखरीमा हाल्नका लागि हाँसका बच्चा ल्याइसकिएको छ”, उनले भने, “ उद्योगसँगै तरकारी खेती पनि गर्ने लक्ष्य राखिएको छ ।” रामकुमारले वैदेशिक रोजगारीका सिलसिलामा मलेशियामा सात वर्ष बिताएका थिए ।

मलेशिया बसाइका क्रममा सिकेको सीपलाई उनले गाउँमा स्थापना गरिएको उद्योगमा उपयोग गरिरहेका छन्। यस्तै पाँच वर्ष कोरिया बसेका कप्दान पनि ‘आफ्नै थातथलोमा केही गरौँ’ भन्ने लक्ष्यका साथ उद्योग स्थापनामा सामेल हुनुभएको छ ।

दश स्थानीय तह रहेको जिल्लाका अधिकांश युवाले वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न देशमा पुगेर फर्किएपछि आफ्नै गाउँमा स्वरोजगारमूलक व्यवसाय शुरु गरेका छन् ।

यसैबीच खोटेहाङ गाउँपालिकाले ‘दलितसँग गाउँपालिका’ कार्यक्रम शुरु गरेको छ । समग्र दलित समुदायको उत्थान एवं आयआर्जनमा टेवा पु¥याउने लक्ष्यका साथ गाउँपालिकाले ‘दलितसँग गाउँपालिका’ कार्यक्रम शुरु गरेको हो ।

दलित समुदायको जीवनस्तर उकास्ने लक्ष्यका साथ आर्थिक वर्ष २०७७÷७८ मा विनियोजित दलित लक्षित कार्यक्रमअन्तर्गत खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेबाट ‘दलितसँग गाउँपालिका’ कार्यक्रम शुरु गरिएको गाउँपालिका प्रमुख प्रदीपकुमार राईले बताउनुभयो ।

चालु आवमा लिच्कीराम्चेसहित वडा नं ३ सावाकटहरे र वडा नं ४ बड्कादियालेमा ‘दलितसँग गाउँपालिका’ कार्यक्रम सञ्चालन हुने गाउँपालिकाले जनाएको छ ।

‘दलितसँग गाउँपालिका’ कार्यक्रमअन्तर्गत तीनवटै वडाका दलित समुदायलाई स्वास्थ्य, शिक्षा तथा व्यवसाय छनोट, दर्ता र सञ्चालनलगायतका विषयमा जानकारी दिइने छ ।

यस्तै दलित परिवारको आर्थिक आयआर्जनमा टेवा पु¥याउने लक्ष्यअनुसार १५ उद्यमीलाई उत्पादन सामग्रीसमेत हस्तान्तरण गर्ने कार्यक्रम छ ।

यसबाहेक वडास्तरीय दलित सञ्जाल गठन, दलित र गैरदलितबीच सहभोजलगायतका कार्यक्रम सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ ।

Advertisement

लिच्कीराम्चेमा आइतबार आयोजित दलितसँग गाउँपालिकासम्बन्धी अभिमुखीकरण गोष्ठी गरिएको थियो ।(रासस)

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top