सुनको भाउ आज तोलामा ६ सयले घट्यो

२४ फागुन ७७, मंगलबार

२५ फागुन, काठमाडौँ । सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले घटेको छ ।

Advertisement

आज सुन तोलामा ८५ हजार ६ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुन तोलामा ८६ हजार २ सय रुपैयाँमा थियो । महासङ्घका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा अस्थिरता आएकाले नेपाली बजारमा पनि सुनको भाउमा उतारचढाव आइरहेको छ ।

Advertisement

यस्तै, आज चाँदीको पनि भाउ घटेको छ । चाँदी आज तोलामा १० रुपैयाँले घटेर १२ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top