धुम्बाराहीसहित देशभरका पार्टी कार्यालयमा नेकपा एमालेको साइनबोर्ड

धुम्बाराहीसहित देशभरका पार्टी कार्यालयमा नेकपा एमालेको साइनबोर्ड

२५ फागुन, काठमाडौँ । सर्वोच्च अदालतको फैसलापछि नेकपा एमालेले देशभरका कार्यालयमा रहेको नेकपाको साइनबोर्ड हटाउन थालेको छ ।

केन्द्रीय कार्यालय धुम्बाराहीमा पनि एमालेले आफ्नो साइनबोर्ड राखेको छ । अहिले एमालेले देशभरका आफ्ना कार्यालयहरूमा आफ्नो बोर्ड राखिरहेको छ ।

यस्तै नेकपा झापाको पार्टी कार्यालयमा पनि नेपाल कम्युनिस्ट पार्टी (एमाले) लेखिएको बोर्ड राखिएको छ । तत्कालीन एमाले र माओवादी केन्द्र एकीकृत भएपछि राखिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को साइनबोर्ड फेरेर आज बिहान एमालेको बोर्ड राखिएको हो ।

यो कार्यालय दुवै पार्टी एकीकरण हुनुअघि पनि नेकपा एमालेकै थियो । नेकपा विभाजित भएर अलगअलग समूह भएपछि कार्यालय बन्द रहेको थियो । यस्तै रामेछाप, दाङलगायतका जिल्लामा रहेका पार्टी कार्यालयमा पनि नेकपा एमालेले आफ्नो साइनबोर्ड राखिरहेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.