निर्वाचन आयोगद्वारा नेकपाको एकीकरण खारेज, ‘नेकपा’लाई अब संसद् सचिवालयले नचिन्ने

२५ फागुन ७७, बुधबार

काठमाडौं : निर्वाचन आयोगले नेकपा एमाले र माओवादी केन्द्रको एकीकरणलाई खारेज गर्ने निर्णय गरेको छ । सर्वोच्च अदालतले २३ फागुनमा गरेको फैसला कार्यान्वयन गराउने सम्बन्धमा मंगलबार बसेको निर्वाचन आयोगको बैठकले नेकपाको पार्टी एकीकरणलाई खारेज गर्ने निर्णय गरेको हो ।

आयोगको बैठकले एमाले र माओवादी केन्द्र एकीकरण भएर आयोगको दर्ता नम्बर १४५ मा रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उत्प्रेषणका आदेशबाट बदर भएको भन्दै सर्वोच्चको आदेशअनुसार खारेज गर्ने निर्णय गरेको आयोगले जनाएको छ । एकीकरणबाट बनेको नेकपा खारेज गरेसँगै आयोगले एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पूर्ववत् दलहरू कायम रहेको व्यहोरा जानकारी गराएको छ । साथै, आयोगले नेकपा दर्ता भएको पुरानो निर्णयलाई खारेज गरी नयाँ निर्णयअनुसार दुवै दलहरू साबिककै अवस्थामा कायम रहेको सूचना राजपत्रमा प्रकाशन गर्ने भएको छ ।

त्यस्तै, आयोगले ‘अबदेखि दुवै पार्टी अलग–अलग राजनीतिक दलका रूपमा एकीकरण हुनुअगाडिको साबिककै अवस्थामा कायम रहेको व्यहोराको जानकारी संघीय संसद् सचिवालय, सातवटै प्रदेश सभा सचिवालय र सबै जिल्ला निर्वाचन कार्यालयहरूलाई गराउने,’ आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए ।

यससँगै आयोगले साबिकको अवस्थामा पुगेका दुई दललाई पुनः एकीकरण गर्ने भएमा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ र राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ विपरीत नहुने गरी १५ दिनभित्र आयोगमा उपस्थित हुन सक्ने बताएको छ । त्यसका लागि दुईवटै दलका आ–आफ्ना केन्द्रीय समितिबाट गरेको निर्णय र नयाँ दलको नाम र चिह्नसमेत प्रस्ताव गरी १५ दिनभित्र आयोगमा उपस्थित हुनका लागि दुवै पार्टीलाई आयोगले मंगलबार नै पत्र पठाइसकेको छ ।

आयोगमा ३ जेठ ०७५ भन्दा अगाडि नेकपा एमाले ३२ नम्बरमा र माओवादी केन्द्र ३७ नम्बरमा दर्ता थिए । सर्वोच्चको आदेशबाट ती दुवै राजनीतिक दलहरू अलग–अलग रूपमा साबिककै अवस्थामा कायम रहने भएपछि आयोगले त्यसपछि दर्ता भएका दुईवटा दलहरूलाई पुनः नयाँ नाम र चुनाव चिह्न प्रस्ताव गरी आयोगमा उपस्थित हुन पत्र पठाउने भएको छ ।

दुई पार्टी एकीकरणबाट नेकपा गठन भएपछि ९ असोज ०७६ मा माओवादी नेता गोपाल किराँतीले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र त्यसपछि ३ भदौ ०७७ मा सन्ध्या तिवारीका नाममा नेपाल कम्युनिस्ट पार्टी (एमाले) दर्ता भएका थिए । आयोगले किराँतीलाई नाम र चिह्न दुवै नयाँ ल्याएर आउन सक्ने र तिवारीलाई नयाँ नामसहित १५ दिनभित्र सुधारसहितको विवरण पेस गर्न आयोगले पत्र काट्ने निर्णय गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

त्यसैबीच निर्वाचन आयोगले ‘नेकपा’ साबिकको एमाले र माओवादी रहेको जानकारी दिएपछि संसद् सचिवालयले संसद्कै सबैभन्दा ठूलो दल नेकपालाई नचिन्ने भएको छ । मंगलबार आयोगको पत्र पाएपछि अब सचिवालयको जानकारीमा एमाले र माओवादी अलग–अलग दल छन् ।

आयोगले पत्र पठाएर आफूहरूको निर्णय अदालतबाट बदर भएको भन्दै नेकपालाई एमाले र माओवादीकै अवस्थामा कायम गर्ने सूचना संसद् सचिवालयलाई दिएको छ । संसद् सचिवालका प्रवक्ता डा. रोजनाथ पाण्डेले भने, ‘हामीले निर्वाचन आयोगको पत्र प्राप्त ग¥यौँ । अब संसद्ले नेकपालाई चिन्दैन । यो दल एमाले र माओवादी बनिसक्यो । दुई अलग दलका रूपमा चिनिन्छन् ।’

आयोगले पठाएको पत्रबारे पाण्डेले थपे, ‘आयोगले आफूले गरेको निर्णय सचिवालयलाई पठाएको छ । दुईवटा पार्टीलाई अदालतको आदेशअनुरूप उनीहरूले गरेको निर्णय बदर भएकोबारे जानकारी गराइएको छ । ऋषि कट्टेलको नाम तोकेरै पठाएका छन् । दुईवटा दलहरू साबिककै अवस्थामा फर्किएको र उनीहरूको दल कायम गरेको भनेको छ ।’

आयोगको पत्रसँगै अब संसद्मा एमाले र माओवादीको प्रतिनिधित्व देखिनेछ । प्रतिनिधिसभाको बैठक बुधबारलाई बोलाइएको छ । तर, सरकारलाई समर्थन फिर्ता नलिएको अवस्थामा दुई पार्टी भए पनि माओवादी र एमाले सत्तापक्षकै बेन्चमा बस्ने प्रवक्ता पाण्डेले बताए ।, याे समाचार नयाँ पत्रिका दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top