चालक अनुमतिपत्रका लागि आवेदन दिनेको संख्या ४ लाख ५२ हजार पुग्यो

२६ फागुन ७७, बिहीबार

२७ फागुन, काठमाडौं ।

देशभर चालक अनुमतिपत्रका लागि आवेदन दिनेको सङ्ख्या चार लाख ५२ हजार पुगेको छ । यो सङ्ख्या गत पुस २९ देखि अहिलेसम्मको देशभरका यातायात व्यवस्था कार्यालयमार्फत परीक्षामा सहभागी हुन चाहने सेवाग्राहीको हो ।

लामो समयसम्म अवरुद्ध सेवा अहिले खुलेकाले एकै पटक धेरै सेवाग्राहीले भरेको यातायात व्यवस्था कार्यालयले जनाएको छ । झण्डै १० महिनासम्म अवरुद्ध सेवा खुल्दा एकै पटक भीड भए पनि अहिले कम भइरहेको सूचना प्रविधि निर्देशक पवित्र डङ्गोलले बताए । परीक्षार्थीले अनलाइनमार्फत फारम भर्न पाउने भएकाले जुनसुकै स्थानमा भए पनि फारम भरिरहेका छन् । उनले भने, “जुनसुकै समयमा र अनलाइन भएकाले सेवाग्राहीलाई फारम भर्न सजिलो भएको छ ।”

Advertisement

गत वर्ष चैतदेखि कोभिड–१९ का कारण सरकारले नयाँ चालक अनुमतिपत्रको स्थगित गरेको थियो । झण्डै १० महिनासम्म अनुमतिपत्र बन्द भएर अहिले खुलेकाले पहिलो महिना चाप रहेको सूचना प्रविधि निर्देशक डङ्गोलले बताए । उनका अनुसार सेवाग्राहीले २४ घण्टा नै र सातामा सात दिन नै अनलाइन फारम भर्न सक्ने गरी व्यवस्था मिलाइएको छ ।

गत पुसमा अनलाइन फारम लिन थाल्दा विभागले निश्चित समयभित्र मात्रै भर्नुपर्ने व्यवस्था गरेको थियो । निश्चित समय मात्रै हुँदै धेरै सेवाग्राहीले एकै पटक भीड भएकाले सेवाग्राहीले भर्न सकेका थिएनन् । शुरुमा रहेको फारम भर्न नसकिने समस्या भए पनि जुनसुकै समयमा भर्न सक्ने व्यवस्था मिलाइएकाले त्यो समस्या हटिसकेको उनले बताए । उनले भने, “पहिले पहिले फारम नै भर्न सकिएन भन्ने गुनासो आउने गरे पनि अहिले गुनासो छैन ।”

Advertisement

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण नेपालमा पनि देखिन थालेको थियो । नेपालमा दोस्रो सङ्क्रमित भेटिएसँगै सरकारले लागू गरेको बन्दाबन्दीका कारण देशभरका सबै सरकारी कार्यालयसँगै यातायात व्यवस्था कार्यालय पनि बन्द भएका थिए । कोभिड–१९ बाट सुरक्षित हुँदै असारदेखि कार्यालय खुले पनि नयाँ चालक अनुमतिपत्र सेवा अवरुद्ध थियो ।

कार्यालयले चालक अनुमतिपत्र वितरण र नवीकरण जारी राखे पनि कार्यालयमा भीड हुने भन्दै नयाँ अनुमतिपत्र सेवा अवरुद्ध गरेको थियो । प्रदेश सरकारअन्तर्गत रहेका कार्यालय र सङ्घीय सरकारअन्तर्गत विभागबीचको समन्वयमा नै गत पुसदेखि नयाँ अनुमतिपत्र खुलाइएको थियो ।

Advertisement

भर्खरको समाचार

इन्डोनेसियामा अमेरिकी कालो छाँया, पुनः विरोध प्रदर्शन सुरु

1

के साँच्चै नै हुँदैन त संविधान संशोधन?

Sambidhan

प्रधानमन्त्री र मन्त्रीहरुलाई आफ्नै बोलीले बितायो,बालेन,स्वर्णिमपछि सुनिल

sunil

फिफा विश्वकपःडिशहोममार्फत मोबाइल र टेलिभिजन दुवैमा प्रत्यक्ष प्रसारण हेर्न सकिने

Picture1

ब्राजिलमा २ हेलिकप्टर ठोक्किँदा अमेरिकी गायक ट्रीसहित ६ जनाको मृत्यु

Screenshot 2026-06-15 143753

नेपाल कसरी बन्दैछ खनिजको नयाँ हब? युरेनियमदेखि ग्याससम्मको योजना

fdbe43fd-b262-43e6-9414-b3b7aa0e50c5

स्टाटस लेखिदेऊ भनेका थिए ओलीले,विष्णु पौडेलले रोकेका थिए

kp-oli-sad

आज वाङ यीसँग वार्ता गर्दै परराष्ट्रमन्त्री खनाल, चार एजेन्डा

Screenshot 2026-06-15 131250

अल्टिमा लाइफस्टाइलले नेपालमा आफ्नो पहिलो कराओके स्पिकर ‘अल्टिमा बुमबक्स १३०’ सार्वजनिक गर्दै, असार २ गतेदेखि बिक्री सुरु

ultima

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top