२७ फागुन, बागलुङ ।
बागलुङको बुर्तिवाङ बजार देखि तमानखोलाको पैरा तर्फ जाँदै गरेको ग १ ज ५७०५ नम्बरको पिकअप जिप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने ५ जना गम्भीर घाइते भएका छन् ।
दुर्घटनामा परि तमानखोला गाउँपालिका वडा नं. २ कि १७ वर्षीया मिना रसाइलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक इकवाल हवारीले जानकारी दिएका छन्।
घटनास्थलबाट उद्धार गरी स्वास्थ्य संस्था पुर्याउँदै गर्दा रसाइलीको ज्यान गएको हो । गम्भीर घाइते ५ जनाको उद्धार गरी प्रभुको हेलिकप्टर मार्फत पोखराको गण्डकी अस्पतालमा पुर्याइएको छ ।
उक्त पिकअप जिप आज अपराह्न तमानखोला गाउँपालिका वडा नं. १ को महभीर भन्ने स्थानमा दुर्घटनाग्रस्त भएको हो ।