जनावरबाट पीडितलाई ३९ लाख राहत

जनावरबाट पीडितलाई  ३९ लाख राहत

२७ फागुन, इनरुवा।

कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यालय पश्चिम कुशाहा सुनसरीले जङ्गली जनावरबाट पीडित भएकालाई रु ३९ लाख भन्दा बढी क्षतिपुर्तिबापत रकम दिएको छ ।

आरक्ष कार्यालयले चालु आर्थिक वर्षको अहिलेसम्ममा आरक्षबाट निस्केका जङ्गली जनावरबाट पीडित भएकालाई रु ३९ लाख नौ हजार ७११ क्षतिपुर्तिबापत रकम प्रदान गरेको आरक्षका संरक्षण अधिकृत अशोक रामले जानकारी दिए।

आरक्षको कार्यालयले जङ्गली जनावरको आक्रमणबाट मृत्यु भएका दुई जनाको परिवारलाई रु १०÷१० लाख गरेर जम्मा रु २० लाख, घाइते भएका सात परिवारलाई रु तीनलाख ५३ हजार ७११, बालीनाली नष्ट भएका २११ परिवारलाई रु नौ लाख ९३ हजार पाँच सय, घरगोठ क्षती गरेका ७९ परिवारलाई रु चार लाख १८ हजार पाँच सय र भण्डारण गरेको अन्नपात क्षती भएबापत रु एक लाख ४४ हजार दिइएको संरक्षण अधिकृत रामले बताए ।रासस

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.