×

NEPAL TIMES UPDATES

Playing
ट्रम्प–पुटिन–नेतन्याहु विश्वकै सबैभन्दा ’ठूला पीडक’ || Nepal Times
Apr 21, 2026
Playing
रविलाई आएकै दिन भेटेका कपुरले बालेनलाई जाने बेलामा भेट्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
दुई मुद्दामा सरकारको बोली एक, वास्तविकता अनेक || Nepal Times
Apr 21, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 21, 2026
Playing
के हो रास्वपाको अमेरिकी कनेक्सन ? || Nepal Times
Apr 21, 2026
Playing
६१ केन्द्रीय सदस्य देउवा पक्षलाई दिने भएपछि फुटबाट जोगियो कांग्रेस || Nepal Times
Apr 21, 2026
Playing
रविको अभियोग संशोधनविरूद्धको रिटको पेसी वैशाख १० गते || Nepal Times
Apr 21, 2026
Playing
इरान युद्धमा चीनको एन्ट्रीः अमेरिकाले जफत गरेको जहाजले खोल्यो रहस्य || Nepal Times
Apr 21, 2026
Playing
World News: Cubaसंग Americaको वार्ता, Iranसंग के होला ? Japanले छाड्यो शान्तिको बाटो || Nepal Times
Apr 21, 2026
Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026

यसकारण बिग्रन्छ मिर्गौला

२८ फाल्गुन २०७७

शरीरको वजन बढिरहेको तथा उच्चरक्तचाप र मधुेमह जस्ता रोग छन् र नियन्त्रणमा छैनन् भने त्यसले मिर्गौला बिगार्नसक्ने खतरा देखिएको छ । प्रायः मानिसको आफ्नै गल्तीको कारण मिर्गौला बिग्रने क्रम बढ्दै गएको चिकित्सकहरूले बताएका छन् । बिहीबार विश्व मिर्गौला दिवसका अवसरमा उनीहरूले यस्तो बताएका हुन् ।

चिकित्सकका अनुसार आरमदायी जीवनशैली र अस्वस्थ खानाका कारण तौल बढ्नु, शरीरमा कल्स्ट्रोल बढ्नु, उच्च रक्तचाप र मधुमेहका रोगी बर्सेनि बढिरहेका छन् । मधुमेह तथा उच्च रक्तचापको कारणले पछि गएर मिर्गौला फेल हुन्छ । त्यसैगरी नेपालीहरूले भान्छामा नुन तथा चिल्लो पदार्थको बढी प्रयोग गर्ने कारणले पनि पछिल्लो समय मिर्गौला फेल हुँदै गएको छ । पर्याप्त पानी नपिउनाले पनि मिर्गौला फेल हुन्छ ।

Advertisement
Advertisement

पछिल्लो समय कुनै समस्या भयोे कि नजिकको औषधि पसलबाट आफूखुसी पेनकिलर (नदुख्ने औषधि) किनेर खाने पवृत्तिले पनि मिर्गौला बिग्रिँंदै गएको पाएको छ । ‘मुख्य कुरा नदुख्ने औषधि जथाभावी प्रयोग भएको देखिन्छ,’ शिक्षण अस्पताल महारागन्जका मिर्गौला रोग विशेषज्ञ डा. महेश सिग्देलले भने । सिग्देलका अनुसार अहिलेको समयमा मानिसको अस्वस्थ जीवनशैलीले मिर्गौला बिग्रिने दर बढ्दै गएको हो । विशेष गरी आरामदायी जीवनशैलीले बढाएका उच्चरक्तचाप, मोटोपना, मधुमेह, युरिक एसिड जस्ता रोगले मिर्गौला तीब्र रुपमा बिग्रिँदै गएको छ । उच्च क्यालोरी भएका खाना खाने र व्यायम नगर्ने, दैनिक खानामा नुन र तेलको अत्यधिक प्रयोग गर्ने गर्ला उच्च रक्तचाप, मधुमेह जस्ता रोग बढेको र यी रोगहरूले कालान्तरमा मिर्गौलालाई असर गर्ने चिकित्सकाको भनाइ छ ।

नेपालीहरूको औसत आयु बढेर ७० पुगेको छ । यो अवधिमा उच्चरक्तचाप तथा मधुमेह जस्ता रोगहरू बढ्दै जाँदा मिर्गौला पनि बिगारेको देखिन्छ । ‘पहिला उच्च रक्तचाप र मधुमेह भएमा अकालमै मृत्यु हुन्थ्यो, उच्च रक्तचाप र मधुमेहका बिरामी बढी उमेरसम्म बाँच्छन् र यो समूहमा मिर्गौला बिग्रिने दर पनि बढी छ,’ उनले भने । पछिल्लो समयमा तरकारीमा अत्यधिक मात्रामा बिषादी प्रयोग हुँदा पनि मिर्गौला बिगार्नमा सहयोग भइरहेको छ । डा. सिग्देलका अनुसार नेपालमा गलत जीवनशैलीकै कारण प्रति वर्ष औसत ३ हजार जनाको मिर्गौला फेल भइरहेको छ । ती सबै मिर्गौला प्रत्यारोपण गनुपर्ने अवस्थाका छन् ।

Advertisement

चिकित्सकका अनुसार उचाइ अनुसारको तौल कायम राखेमा मधुमेह तथा उच्चरक्तचाप जस्ता रोगहरू लाग्दैनन् र मिर्गौला फेल हुन पाउँदैन । यसको लागि हरेक व्यक्तिले जस्तो कि ५ फिट उचाइ भएको तौल ५० केजी हुनुपर्छ । साढे ५ फिट उचाइ भएमा ५५ केजीभन्दा बढी हुनु हुँदैन । स्वस्थ जीवनको लागि हरेक हप्तामा १ सय ५० मिनेट हिँडडुल गरेकै हुनु पर्ने, दैनिक भोजनमा पर्याप्त मात्रामा सागपात, फलफूल र पानीको पर्याप्त प्रयोग गर्ने, शरीरलाई आवश्यकताभन्दा बढी क्यालोरीयुक्त खाना नखाने जस्ता जीवनशैली अपनाएमा मिर्गौला जोगाउन सकिन्छ । यो समाचार आजको नागरिक दैनिकमा पवित्रा सुनारले लेखेकी छिन् ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top