ओलीको निर्णय नेपाल पक्षले नमान्ने, समानान्तर कमिटी बनाउने तयारी

ओलीको निर्णय नेपाल पक्षले नमान्ने, समानान्तर कमिटी बनाउने तयारी

२९ फागुन, काठमाडौं।

नेपाल कम्युनिस्ट पार्टी (एमाले)को माधव नेपाल पक्षको केन्द्रीय कमिटीको बैठकले केपी शर्मा ओलीपक्षीय केन्द्रीय कमिटीले गरेको निर्णय अवैधानिक भएको ठहर गरेको छ ।

ओलीपक्षीय केन्द्रीय कमिटीकाे बालुवाटारको बैठकलगत्तै नयाँबानेश्वरस्थित होटल अर्यालमा बसेको आकस्मिक स्थायी कमिटी बैठकले उक्त निर्णय पार्टीलाई विभाजनतर्फ लैजाने काम भएको निष्कर्ष निकालेको हो ।

बैठकले विधान विपरित आएको केपी ओलीको निर्णय मान्न नसकिने भन्दै अब कसरी अगाडि बढ्ने भन्नेबारे छलफल गर्ने निश्कर्ष निकालेको हो ।

खनाल र नेपाल समूहले पनि पार्टीभित्रै जिल्ला तहदेखि नै समानान्तर कमिटी बनाउने निर्णय गरेको छ । अध्यक्ष ओलीले महासचिवबाहेक सबै पदाधिकारी खारेज गर्ने, आफू पक्षका नेताहरुको जिम्मेवारी खोस्नेलगायतका निर्णय गरेपछि नेपाल समूहको आकस्मिक बैठकले समानान्तर कमिटी बनाउने निर्णय गरेको हो ।

केन्द्रीय कमिटी र सांसदहरुको छलफलपछि चैत ४ गते राष्ट्रिय भेला गरी समानान्तर कमिटी घोषणा गरिने उक्त समूहले तयारी गरेको हो ।

शुक्रबार प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको ओलीपक्षीय केन्द्रीय कमिटी बैठकले माधव नेपाल पक्षलाई कारबाही गर्दै प्रदेश इन्चार्ज, प्रदेश अध्यक्ष तथा सचिव र विभागहरुको जिम्मेवारी हेरफेर गरेको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.