अघि बढे ओली: नेपाल पक्षका सबै जिम्मेवारीबाट हटाइए

२८ फागुन ७७, शनिबार

काठमाडौं : एमालेमा अध्यक्ष र महासचिवबाहेक पदाधिकारी नरहने भएका छन्। वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सबैलाई जिम्मेवारीबाट हटाइएको छ। प्रधानमन्त्री निवास बालुटारमा शुक्रबार बसेको बैठकले नेपालपक्षीय नेताहरूको जिम्मेवारी खोस्नेदेखि पार्टीमा आएका माओवादी केन्द्रका नेताहरूलाई जिम्मेवारी दिन विधान संशोधनको निर्णय गरेको हो।

बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीनिकट केन्द्रीय सदस्य सहभागी थिए। प्रधानमन्त्री ओलीले नवौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी हटाएर अध्यक्ष र महासचिव पद मात्र कायम गर्ने निर्णय बैठकमा सुनाएको जनाइएको छ।

‘पार्टी अध्यक्ष र महासचिव मात्र कायम राखेर महाधिवेशनमा जाने निर्णय भएको छ’, केन्द्रीय सदस्य खगराज अधिकारीले अन्नपूर्ण पोस्ट्सँग भने। बैठकले दसौं महाधिवेशन मंसिर २ देखि ६ गतेसम्म गर्ने निर्णय गरेको नेता अधिकारीले बताए।

Advertisement

अध्यक्ष ओलीले केन्द्रीय कमिटी बैठक भने चैत ७ गते बोलाएका छन्। तर, त्यसअगावै ओलीले आफू र महासचिवबाहेक पदाधिकारीको जिम्मेवारी हटाउनेदेखि आफूनिकट नेताहरूलाई महत्वपूर्ण जिम्मेवारी तोकेका हुन्। वरिष्ठ नेता नेपालले सम्हाल्दै आएको विदेश विभाग प्रमुखको जिम्मेवारी डा. राजन भट्टराईलाई दिइएको छ। प्रचार विभाग प्रमुख तथा प्रवक्ताको जिम्मेवारी प्रदीप ज्ञवालीलाई दिइएको छ । पूर्ववत् एमालेमा योगेश भट्टराईलाई यो जिम्मेवारी थियो। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा नरेन्द्र साउदले लेखेका छन् ।

Advertisement

भर्खरको समाचार

इन्डोनेसियामा अमेरिकी कालो छाँया, पुनः विरोध प्रदर्शन सुरु

1

के साँच्चै नै हुँदैन त संविधान संशोधन?

Sambidhan

प्रधानमन्त्री र मन्त्रीहरुलाई आफ्नै बोलीले बितायो,बालेन,स्वर्णिमपछि सुनिल

sunil

फिफा विश्वकपःडिशहोममार्फत मोबाइल र टेलिभिजन दुवैमा प्रत्यक्ष प्रसारण हेर्न सकिने

Picture1

ब्राजिलमा २ हेलिकप्टर ठोक्किँदा अमेरिकी गायक ट्रीसहित ६ जनाको मृत्यु

Screenshot 2026-06-15 143753

नेपाल कसरी बन्दैछ खनिजको नयाँ हब? युरेनियमदेखि ग्याससम्मको योजना

fdbe43fd-b262-43e6-9414-b3b7aa0e50c5

स्टाटस लेखिदेऊ भनेका थिए ओलीले,विष्णु पौडेलले रोकेका थिए

kp-oli-sad

आज वाङ यीसँग वार्ता गर्दै परराष्ट्रमन्त्री खनाल, चार एजेन्डा

Screenshot 2026-06-15 131250

अल्टिमा लाइफस्टाइलले नेपालमा आफ्नो पहिलो कराओके स्पिकर ‘अल्टिमा बुमबक्स १३०’ सार्वजनिक गर्दै, असार २ गतेदेखि बिक्री सुरु

ultima

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top