१ चैत, काठमाडौं ।
नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले आफ्नो पार्टीले सरकारमा जान हतार नगर्ने बताएका छन् ।
नेपाली कांग्रेस महिला बिभागले शनिबार काठमाडौंमा आयोजना गरेको महिला भेलामा सभापति देउवाले जनताले प्रतिपक्षमा बस्ने गरी मतादेश दिएकाले सरकारमा जान हतार नगर्ने बताएका हुन् । सभापति देउवाले अहिले लोकतन्त्रलाई बचाउनका लागि अन्य दलहरुसँग छलफल भइरहेको उल्लेख गरे ।
उनले संसदमा नेपाली कांग्रेसको संख्या कम भएकै कारण आफूहरुको एजेण्डा स्थापीत हुन नसकेको बताए ।