खोप आउन ढिलाइ : सेरमले माग्यो थप रकम

१ चैत ७७, सोमबार

काठमाडाैँ : कोरोना भाइरस संक्रमण रोकथामविरुद्ध जारी खोप अभियान प्रभावित हुन सक्ने देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भारतबाट खरिद गरिएको थप १० लाख डोज कोभिसिल्ड खोप अहिलेसम्म ल्याउन नसक्दा खोप अभियान प्रभावित हुन सक्ने देखिएको हो ।

यद्यपि सेरम इन्स्टिच्युटले गत ९ फागुनमा १० लाख डोज खोप उपलब्ध गराएको थियो । पहिलो चरणको खोप प्राप्त भएको एक साताभित्रै दोस्रो चरणको खोप पठाउने भनिए पनि सेरमले अहिलेसम्म खोप उपलब्ध नगराएपछि समस्या देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अक्सफोर्ड एस्ट्राजेनिकाले विकास गरेको भारतको सेरम इन्स्च्यिुटले उत्पादन गरेको कोभिसिल्ड खोप खरिदका लागि गत ५ फागुनमा अग्रिम भुक्तानी गरेको थियो ।

Advertisement

स्वास्थ्य मन्त्रालयले २० लाख डोज खरिदका लागि प्रतिडोज खोपको ४ डलरका दरले १ अर्ब रुपैयाँ अग्रिम भुक्तानी गरेको थियो । सरकारले पुनः सेरमसँगै ५० लाख डोज खोप खरिदको प्रक्रिया अगाडि बढाइसकेको छ । स्रोतका अनुसार सेरमले पछिल्लोपटक खोपको मूल्य बढाउने र १० प्रतिशत थप रकम एजेन्टका लागि दिनुपर्ने बताउँदै आएको छ ।, याे समाचार राजधानी दैनिकमा छापिएकाे छ ।

Advertisement

भर्खरको समाचार

इन्डोनेसियामा अमेरिकी कालो छाँया, पुनः विरोध प्रदर्शन सुरु

1

के साँच्चै नै हुँदैन त संविधान संशोधन?

Sambidhan

प्रधानमन्त्री र मन्त्रीहरुलाई आफ्नै बोलीले बितायो,बालेन,स्वर्णिमपछि सुनिल

sunil

फिफा विश्वकपःडिशहोममार्फत मोबाइल र टेलिभिजन दुवैमा प्रत्यक्ष प्रसारण हेर्न सकिने

Picture1

ब्राजिलमा २ हेलिकप्टर ठोक्किँदा अमेरिकी गायक ट्रीसहित ६ जनाको मृत्यु

Screenshot 2026-06-15 143753

नेपाल कसरी बन्दैछ खनिजको नयाँ हब? युरेनियमदेखि ग्याससम्मको योजना

fdbe43fd-b262-43e6-9414-b3b7aa0e50c5

स्टाटस लेखिदेऊ भनेका थिए ओलीले,विष्णु पौडेलले रोकेका थिए

kp-oli-sad

आज वाङ यीसँग वार्ता गर्दै परराष्ट्रमन्त्री खनाल, चार एजेन्डा

Screenshot 2026-06-15 131250

अल्टिमा लाइफस्टाइलले नेपालमा आफ्नो पहिलो कराओके स्पिकर ‘अल्टिमा बुमबक्स १३०’ सार्वजनिक गर्दै, असार २ गतेदेखि बिक्री सुरु

ultima

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top