नेदरल्याण्डसमा अक्सफोर्ड–एस्ट्राजेनेकाको कोरोनाविरुद्धको खोप तत्कालका लागि बन्द

२ चैत्र, एजेन्सी ।
नेदरल्याण्डसले अक्सफोर्ड–एस्ट्राजेनेकाको कोरोना भाइरसविरुद्धको खोप लगाउन तत्कालका लागि बन्द गरेको छ ।

सम्भावित ‘साइड इफेक्ट’ लाई मध्यनजर गरि यस्तो निर्णय गरिएको डच सरकारले बताएको छ । कम्तीमा मार्च २९ सम्मका लागि अक्सफोर्ड–एस्ट्राजेनेकाको खोप लगाउन बन्द गरिएको छ ।

नर्वेमा खोप लगाएका वयस्कमा ब्लड कल्ट बनेको भन्ने खबर आएपछि यसअघि रिपब्लिक अफ आयरल्याण्डले पनि अक्सफोर्ड–एस्ट्राजेनेकाको खोपको प्रयोग तत्कालका लागि बन्द गरेको थियो ।

Advertisement

तर विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले भने सो खोप र ब्लड कल्टबिच कुनै सम्बन्ध नरहेको बताएको छ । युरोपियन मेडिसिन एजेन्सी (इएमए) ले खोप र ब्लड कल्ट सम्बन्धमा अहिले अनुसन्धान गरिरहेको छ ।

यसअघि डेनमार्क, नर्वे, बुल्गेरिया, आइसल्याण्ड र थाइल्याण्डले पनि अक्सफोर्ड–एस्ट्राजेनेकाको खोप लगाउन तत्कालका लागि बन्द गरेका थिए ।

Advertisement

डेमार्क र नर्वेबाट आएका खबरलाई मध्यनजर गरि सम्भावित गम्भीर ‘साइड–इफेक्ट’ लाई ध्यानमा राखेर तत्कालका लागि खोपको प्रयोग रोकिएको डच सरकारले जनाएको छ ।

खोपका सम्बन्धमा रहेको शंका दूर भएपछि मात्रै अघि बढ्ने डच स्वास्थ्य मन्त्री हुगो डी जोङ्गेले बताएका छन् । सबै ठीक रहेको भनेर ढुक्क हुनका लागि तत्काल खोपको प्रयोग रोकिएको उनले बताए ।

आइतबार भएको यो निर्णयसँगै नेदरल्याण्डसको खोप अभियान प्रभावित भएको छ ।

Advertisement

भर्खरको समाचार

इन्डोनेसियामा अमेरिकी कालो छाँया, पुनः विरोध प्रदर्शन सुरु

1

के साँच्चै नै हुँदैन त संविधान संशोधन?

Sambidhan

प्रधानमन्त्री र मन्त्रीहरुलाई आफ्नै बोलीले बितायो,बालेन,स्वर्णिमपछि सुनिल

sunil

फिफा विश्वकपःडिशहोममार्फत मोबाइल र टेलिभिजन दुवैमा प्रत्यक्ष प्रसारण हेर्न सकिने

Picture1

ब्राजिलमा २ हेलिकप्टर ठोक्किँदा अमेरिकी गायक ट्रीसहित ६ जनाको मृत्यु

Screenshot 2026-06-15 143753

नेपाल कसरी बन्दैछ खनिजको नयाँ हब? युरेनियमदेखि ग्याससम्मको योजना

fdbe43fd-b262-43e6-9414-b3b7aa0e50c5

स्टाटस लेखिदेऊ भनेका थिए ओलीले,विष्णु पौडेलले रोकेका थिए

kp-oli-sad

आज वाङ यीसँग वार्ता गर्दै परराष्ट्रमन्त्री खनाल, चार एजेन्डा

Screenshot 2026-06-15 131250

अल्टिमा लाइफस्टाइलले नेपालमा आफ्नो पहिलो कराओके स्पिकर ‘अल्टिमा बुमबक्स १३०’ सार्वजनिक गर्दै, असार २ गतेदेखि बिक्री सुरु

ultima

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top