ओलीलाई भेट्न नेपाल र खनाल धुम्बराही जाँदै

ओलीलाई भेट्न नेपाल र खनाल धुम्बराही जाँदै

२ चैत्र, काठमाडौं ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालबीच करिब ४ महिनापछि भेटवार्ता हुने भएको छ ।

यी नेताहरूबीच गत कात्तिक २५ गते भेटवार्ता भएको थियो । पार्टी विभाजनको तीन महिनापछि नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग वरिष्ठ नेता माधव कुमार नेपाल र झलनाथ खनालले भेटवार्ता गर्ने भएका हुन् ।

अहिले ११ बजे ओलीलाई भेट्न नेपाल र खनाल धुम्बराही पुग्ने भएका छन् । दुवै समूहबीच तिक्तता बढिरहेको बेला ओलीले नेपाल र खनालसँग छलफल गर्न लागेका हुन् ।

तिक्तताकै बीचमा चैत ७ गते बोलाइएको केन्द्रीय कमिटी बैठकमा नेपाल पक्षले फागुन २८ गते ओलीले बालुवाटारमा गरेको निर्णय खारेज नगरेसम्म बैठकमा सहभागी नहुने अडान राखिरहेको छ ।

यहि अडानको बीचमा ओलीसँग नेपाल र खनालको छलफल हुन लागेको हो । ओली पक्षको निर्णयको विरुद्धमा आक्रामक प्रतिवादमा उत्रिने भन्दै नेपाल पक्षले चैत ४ र ७ गते राष्ट्रिय कार्यकर्ता भेला बोलाएको छ ।

तर, ओलीले भने एक कदम पछि हटेर चैत ३ मै नेपाल र खनाल सहितलाई समेट्ने गरी चियापानको तयारी गरेका छन् ।

दुई समूहबीच बढेको तिक्तता मेटाउन र सौहार्दपूर्ण वातावरण तयारी गर्न लागि चियापानको आयोजना गरिएको स्थायी समिती सदस्य प्रदिप ज्ञवालीले जानकारी दिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.