हामी आमनिर्वाचनबाट बहुमतका साथ सत्तामा जाने होः प्रकाशशरण महत

२ चैत ७७, सोमबार
Share this
722shares

२ चैत्र, कैलाली । चुनावबाट आफ्नो पार्टी बहुमतका साथ सत्तामा जाने नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले बताएका छन् ।

Advertisement

उनले कांग्रेसको लक्ष्य आमनिर्वाचन भएको पनि बताए ।

कैलालीमा आज पत्रकारहरूसँग कुराकानी गर्दै महतले आमनिर्वाचनबाट बहुमतका साथ सत्तामा जाने बताएका हुन्।

Advertisement

‘हामी आमनिर्वाचनबाट बहुमतका साथ सत्तामा जाने हो,’ उनले भने, ‘त्यो लक्ष्यबाट दायाँबायाँ गर्दैनौं।’

निर्वाचन नहुञ्जेल के गर्ने भन्ने संसदको अंकगणितले भर पर्ने उनले बताए। कांग्रेसका पक्षमा अरू दलले सहयोग गरे भने नेतृत्व लिन तयार रहेको उनको भनाइ थियो।

Advertisement

अरू दललाई समर्थन गरेर अहिले सरकारमा कांग्रेस नजाने उनले बताए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top