प्रतिनिधिसभा विघटनको औचित्य पुष्टि हुँदैछः प्रधानमन्त्री ओली

प्रतिनिधिसभा विघटनको औचित्य पुष्टि हुँदैछः प्रधानमन्त्री ओली

३ चैत्र, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनको औचित्य पुष्टि हुँदै गएको बताएका छन्।

मंगलबार बालुवाटारमा आयोजित चियापान कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संसद् विघटनको औचित्य पुष्टी हुँदै गएको बताएका हुन्।

‘कामै गर्न नदिएपछि सरकारले संसद् विघटन गरेको थियो। पछि सर्वोच्चले त्यो बदर गरिदियो। त्यसपछि पार्टीलाई पनि पुरानै ढंगबाट फर्काइदियो। संसद् बैठक बसेर विधेयकहरू पेश गरिएको थियो। तर सुरूको दिन नै अवरोध गरियो। सभामुखले नै अवरोध गरे। एसिड आक्रमणविरुद्धको अध्यायदेश पेश गरिएको थियो। त्यो पनि पेश हुन दिइएन्, प्रधानमन्त्री ओलीले भने, ‘केही मानिसले राष्ट्रिय राजनीति नै होँडलेर असहज अवस्थामा पु¥याए।’

उनले संसद्लाई जनताका मागहरू सम्बोधन गर्ने थलो बनाउन प्रयासरत रहे पनि संसद्लाई त्यसरी चल्न नदिएको बताए। ‘तपाईँहरू त साधारण सदस्य त हुनुहुन्छ। मलाई त साधारण सदस्यबाट पनि हटाईएको थियो। लक्ष्मी प्रसाद देवकोटाको एउटा कविता थियो, जंगलको राज। त्यही अनुसार मलाई हटाएछन्।’

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.