संखुवासभामा मध्यावधि चुनावका लागि भन्दै विभिन्न शीर्षकमा ५ लाख ५७ हजार खर्च

संखुवासभामा मध्यावधि चुनावका लागि भन्दै विभिन्न शीर्षकमा ५ लाख ५७ हजार खर्च

४ चैत, संखुवासभा । संखुवासभा जिल्ला निर्वाचन कार्यालयले मध्यावधि चुनावका लागि भन्दै विभिन्न शीर्षकमा ५ लाख ५७ हजार ५ सय ७८ रुपैयाँ खर्च गरेको पाइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गएको पुस ५ गते संसद विघटन गर्दै आगामी ०७८ वैशाख १७ र २७ गते दुई चरणमा मध्यावधि चुनाव गर्ने समय तोक्नुभएको थियो । मध्यावधि चुनाव तोकेसँगै सरकारले निर्वाचन आयोगलाई निर्वाचन तयारी गर्न भन्दै जिल्ला स्तरसम्म विभिन्न कार्यक्रमहरु सञ्चालन गरिएका थिए ।

निर्वाचन आयोगले निर्वाचनको तयारीमा जुट्न निर्देशन आएपछि संखुवासभा जिल्ला भित्रका १० वटै स्थानीय तहको मतदाता नामवली अद्यावधिक गर्ने काम सम्पन्न गरिएको जिल्ला निर्वाचन कार्यालय संखुवासभाका प्रमुख चोलाराज दंगालले बताए ।

उनका अनुसार, निर्वाचनलाई नै केन्द्रित गरेर जिल्लाका १० वटै स्थानीय तहको मतदाता नामावली नियमित कार्यक्रम अन्तर्गत अद्यावधिक गरिएको हो । मध्यावधि निर्वाचनको नै लागि तोकेर विभिन्न शीर्षकमा ५ लाख ८५ हजार रुपैयाँ मध्ये ५ लाख ५७ हजार ५ सय ७८ रुपैयाँ खर्च गरिसकेको जिल्ला निर्वाचन कार्यालय प्रमुख दंगालले बताए ।

निर्वाचन कार्यालय प्रमुख दंगालले भने, ‘निर्वाचन आयोगबाट सवारी साधन मर्मत, औजार उपकरण मर्मत, सञ्चार र प्रोत्साहन भत्ता वापत सो रकम खर्च गरेको हो ।’

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.