×

NEPAL TIMES UPDATES

Playing
’हामी नेपाल’ र वैदेशिक सहायताः गृहमन्त्रीको विगतमाथिको शंका || Nepal Times
Apr 20, 2026
Playing
बीपीका चेला तर तोडिदिए कोइराला विरासत, जसलाई मनपर्छ चुट्किला र निन्द्रा || Nepal Times
Apr 20, 2026
Playing
World News: इस्लामावाद वार्ता भाँडियो,बेबी फुडमा मुसा मार्ने विष,रोबोट र ड्रोनको आत्मसर्मपण
Apr 20, 2026
Playing
कीर्तिपुरमा फ्लडलाइट डेब्यू, यूएईविरुद्ध नेपालको चुनौती|| Nepal Times
Apr 20, 2026
Playing
शेयर खरिदबारे Sudan Gurungको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ? || Nepal Times
Apr 20, 2026
Playing
भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब || Nepal Times
Apr 20, 2026
Playing
Islamabadमा हुने वार्ता हल्ला, अब के हुन्छ ? || Nepal Times
Apr 20, 2026
Playing
Top 15 Afternoon News || April-20-2026 || Nepal Times
Apr 20, 2026
Playing
अब सरकारी तलब १५ दिनमै आउने || Nepal Times
Apr 20, 2026
Playing
सुधनले कानूनी दायरमा ल्याउन खोजे तर… आफै प्रश्नले घेरिए || Nepal Times
Apr 20, 2026

माधव समूहको राष्ट्रिय कार्यकर्ता भेलाले के –के गर्दैछ ?

४ चैत्र २०७७

४ चैत, काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल समूहले काठमाण्डौमा जारी राष्ट्रिय कार्यकर्ता भेलाबाट आगामी ३ महिनाको कार्यभार बनाउने भएको छ ।

ललितपुरको एक होटलमा जारी वृहत राष्ट्रिय कार्यकर्ता भेलाले वर्तमान राजनीतिक अवस्थामा पार्टीलाई एकतावद्ध गर्दे स्वेच्छारी शक्तिको विरुद्ध लड्ने रणनीति तय गर्न लागेको हो ।

Advertisement
Advertisement

मंगलबार सुरु भेलामा बुधबार पहिलो दिन सहभागीलाई विभिन्न १० वटा समूहमा विभाजन गरेर समूहगत छलफल गरिने छ । १० वटै समूहमा उठेका सुझावलाई एकीकृत गरि बिहीबारको बैठकमा प्रस्तुत गर्ने कार्यतालिका रहेको छ ।

बैठकले प्राप्त सुझावका आधारमा आगामी ३ महिनाका लागि कार्यभार बनाउने र त्यसलाई सभाले पािरत गर्ने नेता गंगालाल तुलाधरले जानकारी दिए ।

मुलभूत रुपाम वर्तमान परिवेशमा पार्टी एकता कायम गरि नेतृत्वको स्वेच्छाचारी कदम विरुद्धका अन्तरसंघर्षहरुलाई रणनैतिक रुपमा कार्यभारमा समावेश गरिने पनि उनले बताए ।

सर्वोच्च अदालतको फैसलापछि नेकपा एमालेलाई पुनः सक्रियताका साथ अगाडि बढाउने जिम्मेवारी काँधमा आएका बेला पार्टी अध्यक्ष केपी शर्मा ओलीका क्रियाकलापहरुले पार्टी एकता भाँडिने संकेत देखिएकाले आफुहरु कार्यकर्ता भेला गरि उनीहरुको सुझावका आधारमा पार्टी एकताको पक्षमा अघि बढ्ने निष्कर्षमा पुगेको उनले उल्लेख गरे ।

उनले भने “एकपक्षीय ढंगले स्वेच्छाचारी, दम्भ र घमण्डी स्वभावलाई देखाउदै पार्टी अध्यक्ष केपी ओली ले जुन प्रकारका हर्कतहरु देखाउन थाल्नुभयो, त्यसले पार्टी एकता भाँडिने संकेत देख्यौ । पछिल्लो श्रृंखला भनेको २८ गते केन्द्रीय पदाधिकारीहरुको जिम्मेबारी खोस्ने, एकपक्षीय रुपबाट पदाधिकारी सदस्य थपेको घोषणा गर्ने र कयौलाई पार्टी जिम्मेबारीबाट हटाउने र कारवाही गर्ने भन्ने स्थिति आएपछि हामी यो निष्कर्षमा पुग्यौ कि पार्टी जोगाउने हो भने स्वेच्छाचारी कदमको विरोधमा उत्रनु पर्दछ । यो पार्टीलाई एकतावद्ध गरेर लैजाने हो भने हैकमवादी प्रवृत्तिबाट पार्टीलाई जोगाउनुपर्छ । त्यस्तो खालको कुरा महसुस भईसकेपछि हामी यो ठाउँमा आईपुगेका हौ । ”

उनले एकताका साथ अघि बढ्नका लागि भेलाले उर्जा दिने विश्वास आफुहरुले लिएको बताए । उनले भेलामा भएको कार्यकर्ताको उपस्थितिले पार्टी अध्यक्ष ओलीको कामकारवाहीहरु कुनैपनि हालतमा सर्वस्वीकार्य छैन र विरोध योग्य छ भन्ने संदेश पनि देशव्यापी रुपमा प्रवाहित गरेको दाबी गरे । पार्टी अध्यक्षले गुटगत भेलामा सहभागी भए कारवाही गर्ने बताईरहेका बेला पार्टी एकताका लागि जुनसुकै परिणाम भोग्ने मानसिकतामा नेताकार्यकर्ताहरु भेलामा सहभागी भएको पनि उनले बताए ।

उनले भने “उहाँले कति कारवाही गरेर जानुहुन्छ, त्यो पनि हामी हेर्नेवाला छौ । हामी उहाँदलाई भन्न चाहन्छौ तपाई कारवाही गरेर देखाउनुहोस् । आज देखि हामी कारवाहीका लागि लामवद्ध हुदैछौ २५ सय कार्यकर्ताहरु यहाँ लामवद्ध भएर । केपी ओली कमरेडलाई हामी भन्न चाहन्छौ तपाई कारवाही गरेर देखाउनुहोस् । कारवाही गर्दे जाने हो भने त उहाँ पनि बाँकी रहनुहुन्न नि त । उहाँ भोली गएर एैया पनि भन्न नसक्ने अवस्थामा पुग्नुहुन्छ । ”

उनले वृहतर बामपन्थी एकताबाट च्युत हुनुहुदैन भन्ने मानसिकताले आफुहरु अगाडि बढ्दै गरेको अवस्थामा अध्यक्ष ओलीबाट एमाले पनि एकताबद्ध भएर अघि बढ्न नसक्ने परिस्थिति श्रृजना हुनु दःुखद भएको प्रतिक्रिया दिए ।

विभाजित हुन नपरोस भन्ने मनोविज्ञान कार्यकर्तामा देखिएको भएपनि नेतृत्वले विभेदपूर्ण व्यवहार गरेकाले समस्या भएको भन्दै उनले कुनैै पनि कार्यकर्ता नेतृत्ववाट अपमानित भएर बस्न नसक्ने बताए ।

Advertisement

भर्खरको समाचार

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

सम्बन्धित खबरहरु

Scroll to Top