इन्धन तस्करीमा संलग्न ढुवानीकर्ता र पेट्रोल पम्पलाई कारबाही गर्ने तयारी

४ चैत, काठमाडौँ । नेपाल आयल निगमले इन्धन तस्करीमा संलग्न भएको अभियोगमा ढुवानीकर्ता र पेट्रोल पम्पलाई कारबाही गर्ने भएको छ।

भारततर्फ तस्करी हुन लागेको ठूलो परिमाणको इन्धन बरामद भएपछि निगमले ढुवानीकर्ता र पेट्रोल पम्पलाई पनि कारबाहीको दायरामा ल्याउने भएको हो।

२९ फागुनमा २ हजार ६ सय ६० लिटर डिजेल ट्याङ्कर बरामद भएपछि निगमले कारबाहीको प्रक्रिया अगाडि बढाएको हो।

निगमले ढुवानीकर्ता र तस्करी गर्न तेल भर्ने पेट्रोल पम्पलाई कारबाहीको लागि प्रक्रिया अगाडि बढाएको नेपाल आयल निगमको प्रदेश नम्बर १ को कार्यालयका प्रमुख नकुल भण्डारीले जानकारी दिए।

को १ ख ५९१२ नम्बरको ट्याङ्कर ढुवानीकर्ता चरणप्रीत सिंहको रहेको खुलेको छ। निगमका कर्मचारीले लक गर्नुभन्दा अगाडि ट्यांकर चेक गर्दा एक च्याम्बरमा डिजल फेला परेको थियो।

कुनै पनि रित्तो ट्यांकरलाई पेट्रोलियम ढुवानी गर्न भारतको बरौनी वा सिलिगुडी पठाउँदा ट्यांकरका चार वटै च्याम्बरको परीक्षण गरेर लक लगाएरमात्र पठाउने गरिन्छ। त्यही ट्यांकर सोही दिन सिलिगुडीबाट २० हजार लिटर पेट्रोल लिएर आएको थियो। त्यसले बेलबारी, विराटचौक र सुनसरीको तरहराको पेट्रोल पम्पहरूमा सो इन्धन अनलोड गरेको थियो।

भारततिर इन्धन तस्करी हुन लागेको डिजेल बरामद भएकोले ढुवानीकर्ता र डिजेल भर्ने पेट्रोल पम्पलाई पनि कारबाहीको दायरामा ल्याउने तयारी गरेको कार्यालय प्रमुख भण्डारीले बताए।

‘अहिले अनुसन्धान राजस्व कार्यालय इटहरीले गर्दैछ। हामीले राजस्वको निर्णाय पर्खिरहका छौं। यस घटनामा निगमले पनि छुट्टै कारबाहीको प्रक्रिया अगाडि बढाउनेछ,’ उनले भने, ‘निगमको विनियम अनुसार बदमासी गर्ने ढुवानीकर्तालाई ३ देखि ६ महिना निलम्बन र आपूर्ति बन्द गर्न सक्नेसम्मको अधिकार छ। त्यही विनियम अनुसार कारबाहीको प्रक्रिया अगाडि बढाइनेछ।’

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top