कालु पाँडेको पूर्णकदको शालिक निर्माण गरिने

२९ जेठ ७५, बुधबार

काठमाडौँ, जेठ ३०

चन्द्रागिरि नगरपालिका–१ मा पर्ने दहचोक गाउँपालिकाको अग्लो थुम्कोमा योद्धा कालु पाँडेको समाधिस्थल परिसरमा उनको पूर्णकदको शालिक निर्माण गरिने भएको छ ।

आधुनिक नेपालको एकीकरण अभियानमा पृथ्वीनारायण शाहका मूलकाजीका रुपमा जीवनको उत्सर्ग गरेका योद्धा पाँडेको स्मृतिमा त्यस क्षेत्रमा करीब रु नौ लाखको लागतमा शालिक निर्माण गर्न लागिएको वडाध्यक्ष राजेन्द्र केसीले जानकारी दिए ।

Advertisement

उनको पूर्णकदको शालिक निर्माण गरी त्यस क्षेत्रलाई पर्यटकीयस्थलका रुपमा विकास गर्ने दीर्घकालीन योजना रहेको अध्यक्ष केसीले बताए।

सो स्थानबाट काठमाडौँ उपत्यका तथा गोर्खा, धादिङ, नुवाकोट, गणेश हिमाल लगायतका अग्ला शिखर देखिन्छ । कलंकीदेखि नैकाप पुरानो भञ्ज्याङबाट वनजंगलको नजिकैबाट उकालो गएपछि स्थानीय बिन्ध्यवासिनी र इन्द्रदह पार गरेपछि पुगिने समाधिस्थल आसपासका क्षेत्रमा पूर्वाधार विकासका गृहकार्य भइरहेको छ ।

Advertisement

सीतापाइलादेखि रामकोट, भीमढुंगा हुँदै दक्षिणतर्फ गएपछि स्विटजरल्याण्ड उद्यान पुग्न सकिन्छ । गोरेटो बाटोलाई अचेल फराकिलो पार्दै मोटरबाटो बनाइएको छ ।

प्रा रामकुमार पाँडे उनको सम्झनामा त्यस क्षेत्रमा एक दरबार र संग्रहालय निर्माण गर्नुपर्नेमा जोड दिन्छन् ।

उद्यमी भक्त प्रल्हादका अनुसार विसं १७७० मा जन्मेका वंशीधर पाँडे सैन्य कौशलतामा निपुण, राजनीतिक अनुभव तथा कूटनीतिक अनुभवका कारण काजी कालु पाँडेका रुपमा पहिचान बनाएको इतिहास पाइन्छ । उनको विसं १८१४ जेठ मा कीर्तिपुरको युद्धमा मृत्यु भएको थियो ।
रासस

 

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top