वैदेशिक रोजगारीमा गएका ३१ प्रतिशत श्रमिकले पठाउँछन् आफ्नो सबै तलब घरमा

५ चैत, काठमाडौँ । वैदेशिक रोजगारीमा गएका ३१ प्रतिशत श्रमिकले आफ्नो सबै तलब घर पठाउने गरेको पाइएको छ ।

वैदेशिक रोजगार बोर्डले गरेको ‘विप्रेषणको प्रभावकारी उपयोग सम्बन्धी अध्ययन प्रतिवेदन’का अनुसार मलेसिया लगायत खाडीका देशमा रहेका ३१ दशमलव १ प्रतिशत नेपालीले आफ्नो सबै तलब घर पठाउँछन् । यस्तै ५० प्रतिशतले आफ्नो तलबको आधाभन्दा बढी भाग र १२ प्रतिशतले आधा जति तलब घर पठाउने गरेको पाइएको छ । यस्तै ४ दशमलव ३ प्रतिशतले आधाभन्दा कम र २ दशमलव ३ प्रतिशतले भने आफ्नो तलबको एकदम थोरै भाग मात्र घरमा पठाउने गरेको अध्ययनले देखाएको छ ।

वैदेशिक रोजगारीमा रहेका श्रमिक तलब बुझेपछि पैसा घर पठाउने समयको अन्तराल पनि फरक फरक पाइएको छ । जसमध्ये १८ दशमलव ९ प्रतिशतले महिनैपिच्छे, ५ दशमलव ४ प्रतिशतले दुई महिनामा एकपटक र ६४ दशमलव ९ प्रतिशतले तीन–तीन महिनाको अन्तरालमा पैसा घर पठाउने गरेका छन् । यस्तै ९ दशमलव ४ प्रतिशतले ६ महिनाको फरकमा र १ दशमलव ४ प्रतिशतले भने वर्षमा एकपटक मात्र आफ्नो कमाइ घर पठाउने गरेको अध्ययनले देखाएको छ ।

Advertisement

सामान्यतः विवाहितले श्रीमान÷श्रीमतीलाई र अविवाहितले बुवाआमालाई पैसा पठाउने गरेको पाइएको छ । अध्ययन प्रतिवेदनले ४४ दशमलव ९ प्रतिशतले श्रीमान÷श्रीमतीलाई, २६ दशमलव ३ प्रतिशतले बुवा र १३ दशमलव ४ प्रतिशतले आमाको नाउँमा पैसा पठाउने गरेको अध्ययनले देखाएको छ । बाँकी १५ दशमलव ४ प्रतिशतले घरका अरु सदस्यको नाउँमा पैसा पठाउने गरेको पाइएको छ ।

यो अध्ययन नेपाली श्रमिक वैदेशिक रोजगारीमा बढी जाने गरेका चार प्रदेश १, २, वाग्मती र लुम्बिनी प्रदेशमा गरिएको हो । गन्तव्य देशमा कम्तीमा पनि ६ महिना बसेर नेपाल फर्केका चार परदेशका ३ सय ५० जनामा यो अध्ययन समेटिएको बोर्डले जनाएको छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top