६ महिनामा ८३ हजार नेपाली विदेशिए, कहाँ कति गए ?

५ चैत, काठमाडौँ । कोरोना महामारीका कारण सुस्ताएको बैदेशिक रोजगार क्षेत्र फेरि चलायमान हुन थालेको छ । कोभिडका कारण सुरुवातमा ठप्परहेको बैदेशिक रोजगारमा जानेहरुको संख्या पछिल्लो समय भने बढ्दै गएको छ ।

गन्तव्य देशहरुका नियम परिवर्तन र सरकारको सहजीकरणका कारण पूरानै अवस्थामा नपुगेपनि वैदेशिक रोजगारीमा जानेको संख्या बढ्दै गएको छ ।

तर अझै पनि वैदेशिक रोजगारीमा जाने क्रम झन्झटिलो भएकाले पूरानै अवस्थामा फर्कन नसकेको देखिन्छ । कोरोनाका कारण विश्व अर्थतन्त्रमा गम्भीर असर परेसँगै वैदेशिक रोजगारीमा जाने नेपालीहरु पनि प्रभावित बनेका छन् ।

Advertisement

दैनिक १ हजार ५ सयको संख्यामा नेपालीहरु विदेशीने गरेको आँकडा प्रभावित बनेको हो । तर महामारीको प्रभावका कारण ठूलो संख्यामा नेपालीहरु फर्केर आउने अनुमान भएपनि सो अवस्था भने आएन । महामारीका कारण सुरुआती दिनमा वैदेशिक रोजगारीमा जाने क्रम ठप्प भएपनि पछिल्ला दिनमा भने रोजगारीका लागि जानेको संख्या भने बढेकोछ ।

सरकारले गत भदौदेखि सबै राष्ट्रमा जान चाहनेका लागि स्वीकृति दिन थालेपनि व्यक्तिगत रुपमा स्विकृति लिएर जाने र मेनपावर मार्फत जानेहरुको संख्या बढेको वैदेशिक रोजगार विभागका सूचना अधिकारी टिकामणि न्यौपानेले बताए ।

बैदेशिक रोजगार विभागको पछिल्लो तथ्याङक अनुसार ६ महिनाको अवधिमा १ सय ४ वटा देशहरुमा ८३ हजार नेपाली स्वीकृति लिएर बैदेशिक रोजगारी गएका छन् । वैदेशिक रोजगार महासंघका अध्यक्ष विष्णु गैरेका अनुसार वैदेशिक रोजगारीमा जानेमा सबै भन्दा बढी कतार साउदी अरव लगायतका खाडी मुलुकमा जानेको संख्या उल्लेख्य रहेको छ ।

हालसम्म सबै भन्दा बढी कतारमा २४ हजार ५ सयको संख्यामा गएका छन् भने युएई जानेको संख्या पनि २४ हजार भन्दा बढी रहेको देखिएको छ । कोरोना भन्दा अगाडिका समयमा दैनिक १५ सय देखि २ हजारको हाराहारी नेपालीहरु वैदेशिक रोजगारीमा जाने गरेपनि हाल भने दैनिक ३ देखि ४ सयको हाराहारीमा वैदेशिक रोजगारी जाने गरेको तथ्याङ रहेको छ ।

पछिल्लो समय रोजगारीमा जान नै झन्झटिलो देखिएको छ । जुन देशमा कामदार गएका छन्, त्यस देशको सरकारले बनाएको स्वास्थ्य मापदण्ड अपनाउँदै आफ्नै खर्चमा क्वारेन्टिनमा बसेपछि मात्र गन्तब्य मुलुकमा प्रवेश पाउने भएकाले पनि वैदेशिक रोजगारीमा जानेको संख्यामा कमि देखिएको वैदेशिक रोजगार विभागले जनाएको छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top